तीज गीत ‘सारी’ मा सन्तोष र पूर्णिमाको ठुम्का (भिडियो सहित)

पोखरा, ५ साउन/ हरितालिका तीज आउन एक महिना बाँकी छ । तीजको लागि भनेर धेरै गायक गायिकाहरुले गीत निकाल्ने गर्छन् । तीजलाई लक्षित गर्दै गायिका अनिता पन्त र कविता क्षेत्रीले पनि नयाँ तीज गीत ‘सारी’ बजारमा ल्याएका छन् ।

गीतमा आफ्नो मनपर्ने मान्छेलाईउपहार स्वरुप ‘सारी’ ल्याइदिएको कुरालाई विषयबस्तु बनाइ तयार पारिएको छ ।उक्त गीतमा विकास नेपाली र अनिता पन्तको आवाज रहेको छ । गीतको शब्द दिपक अधिकारीले लेखेका हुन भने सन्तोष सुवेदीले लय सिर्जना गरेका छन् ।

मौसम हिमालीको निर्देशन रहेको गीतमा सन्तोष सुवेदी र पूर्णिमा श्रेष्ठको अभिनय रहेको छ । करन चैसिरले खिचेको भिडियोलाई मनोज कार्कीले सम्पादन गरेका छन् । गीतलाई पोखरा मिडियाको अफिसियल युटुब च्यानलबाट सार्वजानिक गरिएको छ ।

कमेन्टहरु
Loading...