सुवेदीको बजारमा ‘हाई.. हाई.. हाई’ (भिडियो सहित)

पछिल्लो समयमा तीजलाई केन्द्रीत गरी धेरै गीत बजारमा आएका छन् । अघिल्लो बर्षको तुलनामा यो पटक धेरै गीत बजारमा आए । यही सन्दर्भमा पोखरामा रहेर पत्रकारिता सँगै गीतसंगीतलाई पनि निरन्तर दिँदै आएका सन्तोष सुवेदीको तीजको गीत ‘हाई..हाई..हाई’ बजारमा आएको छ ।

सुवेदीको सिर्जनमा कुसुम केसीले स्वरमा साथ दिएकी छन् । कुशुम केसीको प्रस्तुति भनेर बजारमा आएको उक्त गीत आशिष म्यूजिकले बजार व्यवस्थापनको जिम्मा लिएको छ । बब्बु थापाको निर्देशनमा तयार भएको भिडियोमा बब्बु थापा र कुशुम केसीको नृत्य हेर्न पाइन्छ ।

यस अघि गोविन्दप्रसाद कोइरालासँग सहकार्यमा ‘एक्लो छोरो म’ बोलको तीज गीत बजारमा ल्याएका सुवेदीले अघिल्लो गीत जस्तै यो गीतलाई मन पराउनेमा आशावादी छन् । ‘तीजमा छमछम नाच्नी प्याटनको गीत बनाएको छु, आशा छ सबैले माया गर्नुहुनेछ,’ उनले भने, ‘अघिल्लो वर्ष जस्तै दिदीबहिनीहरु मेरो गीतमा कम्मर मर्काउनुहुनेछ ।’

भिडियोका निर्देशक बब्बु थापाले गीत आफुलाई मन परेको बताए । अहिलेको समय सन्दर्भसँगै तीजकै वरिपरी घुमेका शब्दले सबैलाई केन्द्रीत गर्ने उनले सुनाए ।

कमेन्टहरु
Loading...