संगित प्रशिक्षण केन्द्रको अध्यक्षमा पुनः विजुक्छे

पोखरा, ११ फागुन/संस्था संगित प्रशिक्षण केन्द्र पोखराको १४ औं अधिबेशन तथा २८ औं साधारण सभा नयाँ कार्यसमितिको चयनसहित सम्पन्न शनिवार भएको छ ।

कार्यक्रममा संस्कृतिकर्मी, साहित्यकार एवं संस्थाका सल्लाहकार तिर्थ श्रेष्ठले संस्थाको स्थापनादेखि हालसम्मको ईतिहास र बिकासक्रमसंगै संभावना र चुनौती बिषयमा प्रस्ट पार्दै अब बन्ने कार्यसमितिले कमिकमजोरिलाइ चिर्दै अगाडि बढ्नेमा बिश्वास रहेको र संस्थाका प्रती जिम्मेवार भइ कार्यसम्पादन गर्न सुझावसहित आफ्नो सहयोग र सद्भाव सदैव रहने प्रतिबद्धता समेत ब्यक्त गर्नु भयो ।

संस्थाको बृहत्तर हित र सांगठनिक बिकासमा योगदानका आधारमा गरिने बिशेष सम्मानबाट सम्मानित हुन लाग्नुभएका निवर्तमान अध्यक्ष सुरेन्द्रमान बिजुक्छेका बारेमा ब्याक्तित्व परिचय पुर्व अध्यक्ष एवं सल्लाहकार कृष्ण बहादुर श्रेष्ठले दिनुभयो । बिजुक्छेलाई प्रमुख अतिथिले सम्मान पत्र,दोसल्ला र मालाले सम्मान गर्नु भएको थियो।सो क्रममा प्रशिक्षक धन बहादुर गायक लगाएत प्रशिक्षार्थिहरुले मंगल धुन प्रस्तुत गर्नु भएको थियो । सम्मानपश्चात बोल्दै बिजुक्छेले भन्नुभयो “सम्मानले स्वभाविक रुपमा खुशी संगै अझै संस्थाको उन्नतिका निम्ति लागिरहने प्रेरणासमेत थपेको छ । संबन्धित सबैलाइ समेटेर यो संस्थाको सृबृद्दिको निम्ति अब आउने नंया कार्यसमिती लागोस,सघाउनु हाम्रो कर्तब्य हो ।”

कार्यक्रममा प्रशिक्षक रोम तामाङ,सचिव एम.डि काफ्ले,जय चापागाइ ,टिना गुरुङ, मिलन गिरि लगाएत कलाकारले विभिन्न गित संगित प्रस्तुत गर्नुभएको थियो भने अतिथी भैरव सांस्कृतिक समितीका अध्यक्ष तिर्थमान प्रधानांग र पोखरा महानगरपालिका कार्यबाहक अध्यक्ष एवं वडा नं २ अध्यक्ष गोमा सुबेदिले बधाइ एवं शुभकामना प्रदान गर्नुभयो ।

संस्थाका अध्यक्ष गौतम बिजुक्छेको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा उपस्थित आजिवन र साधारण सदस्य लगाएत अतिथिलाइ संस्थाका प्रथम उपाध्यक्ष माधव पराजुलिले स्वागत गर्नु भयो भने प्रशिक्षार्थीहरुले स्वागत गितमार्फत समेत स्वागत गरेका थिए ।

अधिवेशनले निवर्तमान अध्यक्ष गौतम विजुक्छेको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । संस्थाको अन्य सदस्यहरुमा माधव पराजुली,श्यामलाल श्रेष्ठ, कालिचरण पराजुली, धन बहादुर गायक, स्नेहा गुरुङ, प्रेम कर्माचार्य, सुरेन्द्र गुरुङ, राजेन्द्र बहादुर प्रधान, उमेश सिके र महोदत्त काफ्ले(एम.डि) निर्विरोध हुनुभएको थियो भने निर्वाचन समितिको संयोजकमा सल्लाहकार कृष्णमोहन श्रेष्ठ र उपसंयोजक बिमल श्रेष्ठ रहनुभएको थियो ।

यसैगरी आइतबार बिहान बसेको कार्यसमिती प्रथम बैठकबाट अध्यक्ष बिजुक्छेले पदाधिकारि चयनको घोषणा गर्नुभएको छ । जसमा २ जना मनोनित सदस्य अर्को बैठकमा चयन गर्ने गरि प्रथम उपाध्यक्ष माधव पराजुली,द्वित्तिय उपाध्यक्ष श्यामलाल श्रेष्ठ,महासचिव महोदत्त काफ्ले,कोषाध्यक्ष राजेन्द्र बहादुर प्रधान र सचिवमा उमेश सिके नियुक्त हुनुभएको छ भने तिर्थ श्रेष्ठ,कृष्ण ब. श्रेष्ठ,जवाहरलाल श्रेष्ठ,गणेश बहादुर श्रेष्ठ, हेमराज रेग्मी,पवित्रराज रेग्मी,सनकमान बटाजु,कृष्णमोहन श्रेष्ठ, शम्भु कार्की, रामभुषण पराजुलि र रामेश्वर मल्ल (वडा नं.२ अध्यक्ष पदेन सल्लाहकार रहने गरि) ११ सदस्यिय सल्लाहकार समिती समेत गठन भएको छ ।

पोखराकै सहुलियत शुल्कमा प्रशिक्षण गराइने केन्द्रमा संगितको प्रशिक्षणतर्फ भोकलमा रोम तामाङ,तबलामा राजा मुखिया र मादल सारंगीमा धन बहादुर गायक हुनुहुन्छ ।

कमेन्टहरु
Loading...