सामुदायिक बैदामको तीज सांस्कृतिक महोत्सव सुरु

पोखरा, २६ भदौ / सामुदायिक सेवा केन्द्र एवं सामुदायिक प्रहरी सेवा बैदामले आयोजना गरेको १३ औं तीज

सांस्कृतिक महोत्सवअन्तर्गत मंगलबार अन्तर सामुदायिक भलिबल प्रतियोगिता सुरु भएको छ ।

 

पोखरा हल्लनचोकस्थित क्याम्पिङचोकमा आयोजित समारोहमा कास्कीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक

ओमबहादुर रानाले राष्ट्रिय रेफ्री राजन पौडेललाई भलिबल हस्तान्तरण गरी प्रतियोगिता गरे ।

५ टिमको सहभागिता रहेको प्रतियोगितामा उद्घाटन खेल सामुदायिक लेखनाथ र सामुदायिक हेमजाबीच भएको

छ । २ दिनसम्म चल्ने प्रतियोगितामा जिल्ला समन्वय समिति, सामुदायिक बगर र बैदामले पनि भाग लिएको

प्रतियोगिता संयोजक दीपेन्द्र पहारीले जानकारी दिए ।

उद्घाटन अवसरमा एसपी रानाले सामाजिक विकृति विसंगति न्यूनीकरणमा सामुदायिक बैदामले

उल्लेख्य कार्य गरेकोमा प्रशंसा गर्दै यसप्रकारका प्रतियोगितालाई निरन्तरता दिनुपर्ने सुझाव दिए । उनले

जिल्लाको शान्तिसुरक्षा कायम गर्न सबैजनाको उत्तिकै सहयोग आवश्यक रहेको पनि बताए ।

सामुदायिक बैदाम अध्यक्ष मीना भट्टराईको अध्यक्षतामा भएको उद्घाटन समारोहमा जिल्ला समन्वय समितिका

अध्यक्ष विष्णुबहादुर भट्टराई, सामुदायिक बैदामका संस्थापक अध्यक्ष मंगलबहादुर नेपाली लगायतले शुभकामना

मन्तव्य व्यक्त गरे ।

संस्थाका सहसचिव समेत रहेको प्रतियोगिता संयोजक दीपेन्द्र पहारीले स्वागत मन्तव्य व्यक्त गरेको कार्यक्रमको

संचालन सचिव नेत्रलाल भण्डारीले गरेका थिए । वर्षाका बाबजुद पनि उद्घाटन समारोहमा विभिन्न सामुदायिक

केन्द्रका पदाधिकारी, विभिन्न संघसंस्थाका प्रतिनिधि लगायतको उपस्थिति थियो ।

यसैबीच, तीज सांस्कृतिक महोत्सवको उद्घाटन बुधबार प्रदेशका उपसभामुख सिर्जना शर्माले गर्ने कार्यक्रम छ ।

सो अवसरमा खुला तीज गीत प्रतियोगिता हुनेछ । प्रथमले २१ हजार, दोस्रोले १६ हजार, तेस्रोले ११ हजार,

सान्त्वनाले ५ हजार रुपैयाँ पाउनेछ भने उत्कृष्ट नृत्य र उत्कृष्ट भेषभूषामा ३ हजार र २ हजार रुपैयाँ पाउने

जनाइएको छ । कार्यक्रममा गायक शंकरविरही गुरुङ, सरला पाण्डे, रविना गुरुङ, अनिता लामिछाने लगायतको

गायक प्रस्तुति समेत हुने सामुदायिक बैदामले जनायो ।

कमेन्टहरु
Loading...