उफ्रि–उफ्रि ननाच सानी, माईती आगन यहि तीजमा भत्केला (भिडियो सहित)

मरक्–मरक् मर्काउँदै कम्मर
छिन्–छिन् चुरा बजाउँदै हत्केला
उफ्रि–उफ्रि ननाच सानी
माईती आगन यहि तीजमा भत्केला

संकल्प चापागाईको तीग गीत ‘मरक्–मरक् मर्काउँदै कम्मर’ बजारमा आएको छ । सन्तोष बरालको शब्द तथा प्रदिप त्रिपाठीको लयमा सम्झना भण्डारी र संकल्प चापागाईको स्वरमा तीज गीत आएको हो । मोडल तथा गायक प्रकाश सपुतको अभिनय रहेको छ ।

भिडियोमा तीजको बेला माईती जाने चेलीको ब्यथा उल्लेख गरिएको गायक संकल्प चापागाईले बताए । पोखराको बागमारामा छायंकन गरिएको गीतको भिडियोलाई सन्दीप खनालले कैद गरेका हुन् भने सुबास अम्गाईले सम्पादन तथा राम लामाले निर्देशन गरेका हुन् ।

भिडियोमा प्रकाश सपुतको साथै संकल्प चापागाई, सरीता ढकाल, निशा खड्का, बलराम पौडेल, शंकर चापागाई र सगुन थापाको अभिनय रहेको छ ।

कमेन्टहरु
Loading...