समिभन्ज्याङको म्युजिक भिडियो सार्वजनिक (भिडियोसहित)

पोखरा, ७ साउन /लमजुङको समिभन्ज्याङका विषयमा तयार पारिएको ‘मेरो मुटु समिभन्ज्याङ…’ बोलको गीतको म्युजिक भिडियो शनिबार पोखरामा सार्वजनिक गरिएको छ । मध्य नेपाल नगरपालिका वडा नं. ५, समिभन्ज्याङका भूगोल, प्रकृति, संस्कृति, कला, पर्यटनका विषयमा तयारमा पारिएको गीतका निर्देशक सुरज गुरुङलाई अनुपम विशेष सम्मान समेत प्रदान गरिएको छ ।

मध्य नेपाल नगरपालिका, भोर्लेटारका स्थायी बासिन्दा गुरुङले डेढ दशकदेखि नेपाली साहित्य र सङ्गीतका क्षेत्रमा महत्वपूर्ण योगदान पु¥याउनुका साथै समिभन्ज्याङको म्युजिक भिडियो निर्देशन गर्नुभएको भन्दै सो सम्मान प्रदान गरिएको हो । २०५६ देखि साहित्य क्षेत्रमा लाग्नुभएका गुरुङको उद्वेग नामक गजल सङ्ग्रह प्रकाशोन्मुख छ । उहाँले यसअघि अनि हरिभक्त फर्किएनन् नामक वृत्तचित्रको सहनिर्देशन गरिसक्नुभएको छ ।

निर्देशक गुरुङले आफ्नो ठाउँका लागि केही गर्नुपर्छ भन्ने भावनाबाट प्रेरित भएर आफू भिडियो निर्माण र निर्देशनमा जुटेको भन्दै आफूलाई यस कार्यले धेरै कुरा सिकाएको बताउनुभयो । कार्यव्रmमका प्रमुख अतिथि समिभन्ज्याङका वासिन्दा तथा पाहार ट्रस्ट नेपालका अध्यक्ष चन्द्रबहादुर गुरुङले समिभन्ज्याङको चिनारी विश्वमै पु¥याउने कार्यले आफूलाई खुसी बनाएको बताउनुभयो । उहाँले यस्ता कार्यमा आफ्नो सधैँ साथ रहने भन्दै आगामी दिनमा अझै नयाँ ढङ्गले अघि बढ्न पहल गर्नुपर्नेमा जोड दिनुभयो ।

विशेष अतिथि साहित्यकार प्रकट पगेनी ‘शिव’ले आमाको सेवा गर्नु जस्तो ठूलो कुरा केही नभएको भन्दै मातृभूमिको चिनारी हुने खालको गीत निर्माण गरेर टिमले उदाहरणीय कार्य गरेको बताउनुभयो । कार्यव्रmममा वडा नं. ५ समिभन्ज्याङका वडा अध्यक्ष बालकुमार जोशी र सदस्य ओमवीर गुरुङले स्थानीय कला, साहित्य र संस्कृतिको प्रबद्र्धन गर्न स्थानीय सरकारका तर्फबाट आफूहरु लागिपर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । भिडियो समीक्षा गर्दे निर्देशक तथा नायक तेज गिरीले विकट गाउँको सुन्दर चित्रण भिडियोमा गरिएको भन्दै काम प्रशंसनीय रहेको बताउनुभयो ।

भिडियोका प्रस्तुतकर्ता अनुपम म्युजिकका प्रबन्ध निर्देशक अनुराग अधिकारीको अध्यक्षतामा भएको कार्यव्रmममा मोडल राहुल थापा, सम्झना माविका प्रधानाध्यापक मेमबहादुर गुरुङ, गायक रामभक्त जोजिजूलगायतले बोल्नुभएको थियो । कार्यव्रmममा समिभन्ज्याङ र वरिपरिबाट पोखरा आएर बसेका अधिकांशको उपस्थिति रहेको थियो । रुपिन्द्र प्रभावीको रचना, सन्तोष प्रधानको सङ्गीत तथा सन्तोष प्रधान र जुनु रिजालको स्वर रहेको गीतमा राहुल थापा र अनुसा गुरुङको अभिनय रहेको छ । कोरियोग्राफी राहुल थापाले गर्नुभएको छ भने भिडियोको छायाङ्कन पुष्कर थापाले गर्नुभएको हो । कार्यव्रmमको सञ्चालन गीतकार तथा समिभन्ज्याङ वासिन्दा रुपिन्द्र प्रभावीले गर्नुभएको थियो ।

कमेन्टहरु
Loading...