पोखराको रोलिङ स्टोन रक बार २ वर्षमा

पोखरा, २४ भदौ /लेकसाईडमा रहेको ‘रोलिङ स्टोन रक बार’ स्थापनाको १ वर्ष पुगेको अवसर पारेर विविध

साङ्गितिक कार्यक्रम गरेको छ । कार्यक्रममा राष्ट्रिय स्तरमा ख्याति प्राप्त ब्यान्ड र पोखरेली ब्यान्डले युवायुवतीलाई

प्रस्तुतीले नचाएका थिए ।

दुई दिनसम्म चलेको कार्यक्रममा अधिकाशं पोखरेली युवायुवती उपस्थित थिए । शुक्रबार अनुप्रस्था ब्यान्ड र

सबिन राईको गीतमा पोखरेली युवायुवती झुमें । शनिबार ओबी ¥याप्टर र ड्रिमर्स ब्यान्डले झुमाएका थिए ।

बार सञ्चालक संजिव बास्तोलाले संगीतमा झुम्न चाहँनेको लागि कार्यक्रम आयोजना गरिएको बताए । ‘विशेष गरि

युवा लक्षित गरेर कार्यक्रम गर्यौ,’ उनले भने ।

आउँदो बिहीबार लाइन्स क्लब अफ पोखरा आर्दश चौतारीसँगको सहकार्यमा बार अघि रक्तदान कार्यक्रमको

आयोजना गरेको बताए ।

कमेन्टहरु
Loading...