श्याम राना
गन्थन/पोखरा
¥याण्डम रिर्डस सोसाइटी अफ नेपाल र ह्वाट द बुक क्लबको सहकार्यमा शनिबार पोखरामा तीर्थ गुरुङको उपन्यास ‘पाठशाला’ माथि छलफल गरिएको छ । हरेक महिनाको अन्तिम शनिबार सर्जक र पाठकबीच किताब विमर्श गर्दै आएको ¥याण्डमले यो महिना भने ह्वाट द बुक क्लबसँगको सहकार्यमा उपन्यासकार गुरुङलाई छलफलमा उभ्याएको हो ।
कार्यक्रममा बोल्दै उपन्यासकार गुरुङले आख्यानमार्फत समाजिक बिषय उठान गर्न खोजेको बताए । उनले भने, ‘उपन्यासमा किशोर मनोविज्ञान र विद्यालयलाई पृष्ठभूमि बनाएर जातीय विभेद, वर्गीय विभेद, जनयुद्व जस्ता बिषय समेत उठाएको छु ।’ उपन्यास आफ्नो शैक्षिक अनुभवको उपज रहेको गुरुङले बताए ।
पाठशालालाई शिक्षाको मन्दिर बनाइनुपर्नेमा यातना र तनाव दिने कारखाना बनाइएको गुरुङले बताए । उनले भने, ‘म आफैले पढाएका सीमित विद्यार्थीमात्र ठूलो क्षेत्रमा गएर सफलता हासिल गरेका छन् । उनीहरुको संख्या भन्दा मैले पढाएका र अहिले ट्यापे, बेरोजगार विद्यार्थीको संख्या बढी छ ।’ उनले यस्तो हुनुमा नेपाली शिक्षा प्रणालीको दोष रहेको औंल्याए ।
किशोर किशोरीको बारेमा लेखिएको यति रोचक आख्यान आपूmले धेरै पछि पढेको अनिशा बराइलीले बताइन् । ‘मेरो बिचारमा मानसिक रोगीहरु अस्पतालमा भन्दा बढि घरघरमा छन्, हामीले रोगलाई लुकाएर राख्नु हँुदैन,’ अर्का सहभागी नविन सुवेदीले सुनाए । सहभागी निशा शिल्पाकारका अनुसार स्कुलमा भोगेका कुराले मान्छेको जिन्दगीलाई कसरी असर गर्छ भन्ने कुरा पाठशाला उपन्यासले सिकाउँछ । उनले उपन्यासमा उल्लेखित मानसिक रोग स्चिजोफ्रेनियाको बारेमा पनि बताइन् ।
उपन्यासमा देखाउन खोजिएको म्याजिक रियलिजम, पात्रको नामाकरणमा गरिएको नौलो प्रयोग, र पात्रले प्रयोग गरेको भाषाशैली आदी जस्ता कुराले उपन्यास नेपाली साहित्यमा नयाँ स्वादको भएको ह्वाट द बुक क्लबका अध्यक्ष अविनाश बरालले सुनाए ।
१५ वर्ष सम्मको अध्यापनको अनुभव संगालेका गुरुङले किशोरकिशोरीको बारेमा, किशोरकिशोरीकै भाषामा लेखिएको यो उपन्यासले नेपाली शैक्षिक संस्कृति र त्यसको नकारात्मक असरबारे प्रस्ट्याउन मद्दत गरेको कार्यक्रममा वक्ताहरुले बताए । छलफलमा ह्वाट द बुक क्लबको तर्फबाट अनिशा बराइली, अविनाश बराल, नवीन सुवेदी र निशा शिल्पाकार सहभागी थिए ।