पानीमा नाच्नेहरुका लागि शनिवार पोखरामा रेन्टरटेन्मेन्ट

पोखरा, १४ साउन /व्यन्जन रेष्टुरेन्ट लेकसाइड आयोजनामा पोखरामा रेन्टरटेन्मेन्ट सिजन ३ पार्टी हुने भएको छ । पानीमा रमाउन चाहाने युवायुवतीलाई लक्षित गरेर शनिवार हुने पार्टीमा करिब ५ सय जना आन्तरिक तथा बाह्य पर्यटकले सहभागिता जनाउने व्यन्जन रेष्टुरेष्टका सञ्चालक वैभव पौडेलले जानकारी दिए ।

पानीमा नाच्नेहरुका लागि शनिवार पोखरामा रेन्टरटेन्मेन्ट
पानीमा नाच्नेहरुका लागि शनिवार पोखरामा रेन्टरटेन्मेन्ट

पानीको कृत्रिम वर्षा गराइ डिजेको साथमा सहभागीहरुले नाच्न व्यवस्था मिलाएको रेष्टुरेण्टका म्यानेजर मनोज भट्टले जानकारी दिए । पानीमा डान्समा गर्ने विभिन्न विधाका उत्कृष्टलाई पुरस्कारको समेत व्यवस्था भएको जानकारी दिए । कार्यक्रमको व्यवस्थापन ओम इभेन्ट र जक्सन डटकमले गरेको हो ।

अघिल्लो वर्षजस्तै यस वर्षपनि उत्साहजनक सहभागिता रहने ओम इभेन्टका सञ्चालक अरुण गिरीले जानकारी दिए । उनले हरेक वर्ष जस्तै झरीको सिजनमा पार्टी गर्दै आएको बताए । पार्टी दिऊसो २ बजे देखि ११ बजे सम्म सञ्चालन हुने उनले जानकारी दिए ।

कमेन्टहरु
Loading...