Ganthan News Pokhara
All news from Pokhara & around

पाँचौं संस्करणको रेन ईन्टरटेन्मेन्ट शनिबार पोखरामा

0

पोखरा, २९ भदौ / पोखरामा शनिबार रेन ईन्टरटेन्मेन्टको पाँचौ संस्करणको कार्यक्रम हुने भएको छ । पोखराको

लेकसाईड स्थित ब्यण्जन रेष्टुरेण्टले आयोजना गर्न लागेको पाँचौ संस्करणको रेन ईन्टरटेन्मेन्टको विषेश

आर्कषकमा यसपाली फेसन शो र बेलि डान्स रहेको आयोजकले जनाएको छ ।

पोखरा पानी पर्ने ठाँउ भएकोले आँफुहरुले रेन लाईनै थिम मानेर कार्यक्रमको आयोजना गर्न लागिएको रेष्टुरेन्टका

सञ्चालक बैभव पौडेलले बताए । वर्षातको समयमा गीत संगीत सहित रमाईलो गर्दै खानपिनको मज्जा दिलाउने

उद्देश्यले कार्यक्रमको आयोजना गरिएको उनको भनाई थियो ।

आन्तरिक र बाह्य पर्यटक दुवैको ईच्छा अनुसार विगतका कार्यक्रमको राम्रो प्रतिकृया अनुरुप कार्यक्रमको

आयोजना गरेका हौ, रेष्टुरेन्टका व्यावस्थापक मनोज भट्टले भने । पारिवारिक वातावरणमा कार्यक्रम गरिने उनले

बताए । कार्यक्रमको ग्याल्मर फिल्डको व्यावस्थापन सम्हालेका विशाल गुरुङले यसपालीको रेनईन्टरटेन्मेन्टमा

काठमाडौं र पोखराको गरि ८ जना मोडलहरुलाई ¥याम्पमा उतार्ने बताए । वर्षातको कार्यक्रम भएकोले

उनिहरुको डे«स डिजाईन पनि त्यही अनुरुपको हुनेछ । यस्तै हाँस्यव्यङ्ग क्षेत्रमा आफ्नो पहिचान बनाएकी

भूनियाँको बेलिडान्स पनि राखिएको छ, उनले भने ।

दिउँसो २ बजे देखि राती ११ बजे सम्म सञ्चालन हुने ईभेण्टमा प्रवेश गर्नको लागि प्रिसेलिङ अन्तर्गत ५ सय र

डोरसेलिङ अन्तर्गत १ हजार कायम गरिएको आयोजकले जनाएको छ । महिलाको हकमा भने यो लागू हुनेछैन ।

महिलाहरुलाई फ्रि ईन्ट्री गरिएको छ ।

रेष्टुरेन्टको प्रचारप्रसार सहित पोखरालाई ईभेण्ट हबको रुपमा विकसित गर्न आयोजना गरिएको कार्यक्रममा

आम्दानीबाट २० हजार कुनै एक सामाजिक संस्थालाई सहयोग गरिने सञ्चालक पौडेलले बताए ।

Advertisements
अरु सम्बन्धित खबरहरु
कमेन्टहरु
Loading...