रेडियो पश्चिम पोखराको आयोजनामा तीज गीत प्रतियोगिता हुने

पोखरा, २ भदौ

नेपाली नारीहरुको महान पर्व हरितालिका तीजको अवसरमा रेडियो पश्चिम पोखराले वातावरणमैत्री खुल्ला तीज गीत प्रतियोगिता एवं शुभकामना

आदान–प्रदान कार्यक्रम गर्ने भएको छ ।

अघिल्ला वर्षहरुमा वातावरण सम्बन्धी सचेतना दिने उद्धेश्यले सडक नाटक मन्चन तथा रेडियोबाट विभिन्न वातावरणमैत्री कार्यक्रम प्रशारण गरेको

रेडियोले यस पटक तिजको अवसरमा वातावरणमैत्री तिज गीत प्रतियोगिताको आयोजना गरेको हो ।

आगामी भदौ २२ गते शुक्रवार हुने प्रतियोगिताको तयारीलाई तीव्र पारिएको रेडियोका सञ्चालक मोतिसागर अधिकारीले जानकारी दिए ।

उनका अनुसार प्रतियोगिताका लागि आवेदन खुल्ला भइसकेको र आवेदन फाराम रेडियोको कार्यालयमा प्राप्त गर्न सकिनेछ भने फोनबाट पनि नाम

दर्ता गराउन सकिनेछ । आवेदन भदौ २२ गते बिहान १० बजे सम्म भर्न सकिनेछ ।

गीतको माध्यमबाट समाजमा वातावरण सम्वन्धी सचेतना जगाउने उद्देश्यले वातावरणमैत्री तिज गित प्रतियोगिताको आयोजना गरिएको

अधिकारीले जनाए । प्रतियोगितामा प्रथम हुनेले ११ हजार १ सय ११, द्वितीय हुनेले ७ हजार १ सय ११, तृतीयले ४ हजार १ सय ११ र सान्त्वना हुनेले

२ हजार १ सय ११ रुपैयाँ नगद पुरस्कार सहित प्रमाणपत्र प्राप्त गर्नेछन् । उत्कृष्ट नृत्य र भेषभूषालाई आकर्षक पुरस्कारसहित प्रमाणपत्र प्रदान

गरिनेछ । उक्त कार्यक्रममा तारापति सुवेदी, जीवन दाहाल, लक्ष्मी नेपाली साथै अन्य स्थानीय कलाकारहरुको प्रस्तुति रहने रेडियोले जनाएको छ ।

कार्यक्रममा पोखराका उद्योग, व्यवसायी, संघ–संस्था, आमा समुह, राजनीतिज्ञ, कला, साहित्य, सांस्कृतिक, शिक्षा लगायत विभिन्न क्षेत्रमा

क्रियाशील महिलाहरुको सहभागिता रहने अधिकारीले जानकारी दिए । उनका अनुसार उक्त अवसरमा सामुहिक दर खुवाउने कार्यक्रम रहेको छ ।

नेपाली लोक संस्कृतिको संरक्षण र संवद्र्धन गर्नका साथे वातावरण सफा राखौें भन्ने सन्देश दिनका लागि प्रतियोगिता आयोजना गरिएको र

प्रतियोगितामा गाउने गीतहरु पनि सोही अनुरुप, समय सान्दर्भिक हुनुपर्ने रेडियोका कार्यक्रम संयोजक अमृता अधिकारीले जानकारी दिईन् । उनका

अनुसार प्रतियोगीहरुले राजनीति र कोही कसैमाथि आक्षेप लगाउने खालको गीत गाउन पाउने छैनन् र एक टिममा नृत्य सहित ७ जना सम्म रहन

पाउनेछन् । प्रतियोगिताको रेडियो पश्चिम पोखराले प्रत्यक्ष प्रशारण गर्नेछ । प्रतियोगितामा करिब २५ टिमको सहभागीता रहने रेडियोको अपेक्षा छ ।

कमेन्टहरु
Loading...