पुरुषोत्तम न्यौपानेको पञ्जेबाजाको गीत सार्वजनिक (भिडियो सहित)

पोखरा, १३ वैशाख /कर्णप्रिय आवाजका धनी लोक दोहोरी गायक पुरुषोत्तम न्यौपानेले पञ्चेबाजाको गीत दर्शक श्रोतामाझ पस्केका छन् । ‘मायाले हो मात्रै भन’ बोलको पञ्चेबाजाको गीत युट्युब मार्फत रिलिज गरिएको हो । फरकशैलीका गीत मार्फत आफ्नो छुट्टै पहिचान बनाएका न्यौपानेले यो गीत मार्फत केही फरक अनुभुती दर्शक श्रोतालाई गराउने प्रयास गरेका छन् ।

‘हुनत पञ्चेबाजाका धेरै गीत आइसकेका छन् तर अन्य गीतमा भन्दा केहि पृथक र वास्तविकता यसबाट पस्कने प्रयास मैले गरेको छु’ उत्साहित हुदै न्यौपानेले भने । गीतमा न्यौपानेलाई आवाजमा जुना श्रीसले साथ दिएकी छन् । रमेश बिजीको शब्द संकलन र इश्वर सिँहको लय संकलन रहेको गीत भरपुर संगीत प्राली पोखराको प्रस्तुतीमा सार्वजनिक भएको हो ।

गीतलाई उत्कृष्ट बनाउन एरेन्जर तारानाथ आचार्यले मेहनत गरेका छन् । गीतको भिडियोमा शंकर विसी र मुना थापा मोडलका रुपमा देखिएका छन् । साथमा अन्य थुप्रै कलाकार र विशिष्ट व्यक्तिलाई भिडियोमा देख्न सकिन्छ । शंकर विसीको निर्देशन, दुर्गा पौडेलको छायाकंन, र नविन घर्ती मगरको सम्पादनको समिश्रणले भिडियोलाई आर्कषक बनाएको छ । पुरुषोत्तम न्यौपानेको आफ्नै छोरी रन्जिताको विवाहमा आफ्नै निवास पोखरा १७ विरौटामा खिचिएका सुन्दर दृश्यले गर्दा भिडियोले वास्तविकता बोल्दछ ।

वलाम वेलटारी स्याङ्गजामा जन्मिएका न्यौपानेले ओजदार गीत मार्फत नेपाली साँगीतिक फाँटमा आफ्नो बलियो पकड कायम राखेका छन् । वि.स. २०४६ सालमा रेडियो नेपालमा स्वर परिक्षा दिई उत्रिण भए पश्चात ‘वलाम देवि थान’ बोलको गीत रेकर्ड गरी नेपाली साँगीतिक फाँटमा डेब्यु गरेका न्यौपानेले एक हजार भन्दा बढी गीतमा आफ्नो सुमुधुर आवाज भरीसकेका छन् । लोकदोहोरी गीत प्रतिष्ठान नेपालको केन्द्रिय अध्यक्ष भैसकेका न्यौपाने रेडियो नेपालका कार्यक्रम अधिकृत हुन् । निरन्तर रुपमा दर्शक श्रोतामाझ साँगीतिक कोसेली पस्कने वाचा उनी गर्छन् ।

कमेन्टहरु
Loading...