पब डान्सिङ बोटको बार्षिकोत्सब, शुक्रबार र शनिबार बिशेष कार्यक्रम

पोखरा ९ असोज/ पोखराको पर्यटकीय क्षेत्र लेक साइडको हल्लनचोकमा अवस्थित “पब डान्सिङ बोट” पहिलो बर्ष पुरा गरि दोस्रो बर्षमा प्रवेश गरेको छ । पब डान्सिङले दोस्रो बर्षमा प्रवेश गरेको उपलक्ष्यमा विभिन्न सामाजिक कार्य गर्दै आफ्नो बार्षिक उत्सव मनाउने भएको छ । समाज र यस क्षेत्रको पर्यटन विकासमा महत्वपूर्ण योगदान पुर्याउने उद्देश्य सहित बिभिन्न बार्षिकोत्सब बिशेष कार्यक्रम गर्ने भएको हो ।

पोखरा र यस क्षेत्रमा घुम्न आउने स्वदेशी तथा बिदेशी पर्यटकहरुलाई लक्षित गरि विभिन्न खानाका परिकार एबं पेय पदार्थहरुको उत्कृस्ट स्वादको साथमा दैनिक लाइभ म्युजिक संगै पारिवारिक बाताबरणमा उत्कृष्ट ग्राहक सेवा दिने उद्देश्यले स्थापना भएको पब डान्सिङले स्वदेशी सहित विदेशीलाई सेवा प्रदान गरिरहेको छ ।

डान्सिङ बोटले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत असोज १० गते पहिलो दिन पोखरा १७ महतगौंडा स्थित पोखरा बृद्दाश्रमका करिब ५५ जना जेष्ठ नागरिकहरु र सिद्दार्थ चोक स्थित शिशु स्याहार केन्द्रका करिब ५० जना सुस्त मनस्थितिका बालबालिकाहरुलाई पबको संस्कृति र पब भित्रको वातावरणको अनुभूति दिलाउदै खाना ख्वाउने डान्सिङ बोटका प्रबन्ध निर्देशक भिष्मराज पौडेलले जानकारी दिए ।

संगितसंगै पारिवारिक बाताबरणमा उत्कृष्ट ग्राहक सेवाप्रदान गर्ने अवधारणा अनुरुप संचालनमा आएको पवमा बेदप्रसाद बराल, बिश्वराज पौडेल, भिष्मराज पौडेल, मिनराज पौडेल र दामोदर पौडेलको साझेदारी लगानीमा सञ्चालितछ ।

डान्सिङ बोटले दोस्रो बर्षमा प्रवेशको उपलक्ष्यमा सेप्टेम्बर महिनाको अन्त्य सम्म मेनुमा १५ प्रतिशतका बार्षिकोत्सब बिशेष छुट, कम्प्लिमेन्ट्री गिफ्ट भौचर तथा लक्की ड्रका कार्यक्रम पनि संचालनभइ रहने कर्पोरेट मेनेजर लेखनाथ पहारीले जानकारी दिए ।

बार्षिकोत्सलाई मध्यनजर गर्दैपब डान्सिङ बोटले नेपाल आइडल सिजन दुइका उपविजेता पोखरेली गायक बिक्रम बराल र उनको ब्याण्डको सांगीतिक प्रस्तुति असोज १० गते शुक्रबार रहनेछ भने नेपाली संगीत क्षेत्रका लेजेण्डरी तथा युवा पुस्तमा लोकप्रिय गायक संजय श्रेष्ठ र उनको ब्याण्डको बिशेष सांगीतिक प्रस्तुति शनिबार रहने प्रबन्धनिर्देशक भिष्मराज पौडेलले बताए ।

कमेन्टहरु
Loading...