Categories
मनोरञ्जन

अनुपम म्युजिक अवार्डका लागि प्रतिभा छनोट समिति गठन

पोखरा, जेठ १२ /अनुपम म्युजिक पोखराले प्रदान गर्ने अनुपम म्युजिक अवार्ड २०७६ का लागि प्रतिभा छनोट समिति गठन गरिएको छ ।पत्रकार तथा लेखक बद्रिविनोद प्रतीकको संयोजकत्वमा गठित समिति समाजसेवी वीरेन्द्र पालिखे, गायक रामभक्त जोजिजू र गीतकार रेशम रचक सदस्य रहेका छन् । समितिको पदेन सदस्यमा अनुपम म्युजिकका प्रबन्ध निर्देशक अनुराग अधिकारी र सचिव रुपिन्द्र प्रभावी रहेका छन् ।

समितिले म्युजिक अवार्डसँगै अनुपम सङ्गीत सम्मान र तीर्थहरि समाजसेवा अवार्डका लागि प्रतिभा छनोट गरी सिफारिस गर्ने छ ।अवार्ड तथा सम्मानहरु आगामी जेठ २५ गते दिउँसो १ बजे पोखरा उद्योग वाणिज्य सङ्घको हलमा हुने छैटौँ अनुपम साङ्गीतिक साँझका अवसरमा प्रदान गरिने प्रबन्ध निर्देशक अनुराग अधिकारीले जानकारी दिए । सो कार्यक्रममा दार्जिलिङ, काठमाडौँ र पोखराका कलाकारहरुको साङ्गीतिक प्रस्तुति रहने उनले जानकारी दिए ।

यसैबीच, सो कार्यक्रमलाई भव्य र सभ्य बनाउका लागि छलफल कार्यक्रम सम्पन्न भएको छ । छलफलमा आयोजक समितिका सदस्य, सल्लाहकार तथा शुभेच्छुकहरुको सहभागिता रहेको थियो । सो अवसरमा कृष्णप्रसाद बाँस्तोला, कृष्ण केसी, विजय प्रधान, देव क्षेत्री, प्रकाश अधिकारी, रेशम रचक, विश्वमोहन गौचन, सुमन श्रापित, ईशु श्रेष्ठ, केशव पराजुलीलगायतले कार्यक्रमलाई सफल बनाउन सहयोग गर्ने प्रतिबद्धता जनाएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *