‘पोखरामा प्रमोद खरेल’लाई ‘द कल्चर रिसोर्ट’ र ‘बाजेको सेकुवा’को साथ

पोखरा, १३ चैत /म्यूजिक इभेन्ट ‘पोखरामा प्रमोद खरेल’को होटल पार्टनर र रेस्टुरेन्ट पार्टनर तय भएका छन् । इभेन्टको व्यवस्थापक कम्पनी बार्दली मिडिया प्रालिका अनुसार होटल पार्टनरमा ‘द कल्चर रिसोर्ट’ र रेस्टुरेन्ट पार्टनरमा ‘बाजेको सेकुवा’ले सहकार्य गरेका छन् ।

चैत २२ गते पोखरा सभागृहमा हुने म्यूजिकल इभेन्ट ‘पोखरामा प्रमोद खरेल’ अन्तरगत यी दुई व्यवसायिक संस्थानहरुले ‘हस्पिटालिटी’सम्बन्धि सेवा दिनेछन् । ‘व्यवसायिक रुपमा हामीले सहकार्य गरिसकेका छौँ । र, इभेन्टको सफलतालाई लिएर हामीसँग सहकार्य गर्ने कम्पनीहरुप्रति हामी कृतज्ञ छौँ ।’ बार्दली मिडिया प्रालिका प्रबन्ध निर्देशक मन क्षेत्रीले भने–‘हस्पिटालिटी क्षेत्रमा अब्बल ठहरिएका होटल र रेस्टुरेन्टसँगको सहकार्य हाम्रो लागि फाइदाजनक कुरा हो ।’

त्यसो त इभेन्टको प्रभावकारिता देखेरै आफूहरुले व्यवसायिक रुपमा सहकार्य गरेको होटल र रेस्टुरेन्ट संचालकहरुले बताएका छन् । ‘यो इभेन्टसँग जोडिँदा व्यवसायिक लाभसँगै सामाजिक उत्तरदायित्व वहनको महशुस हामीले गर्न पाएका छौँ ।’ बाजेको सेकुवा पोखराका संचालक एकराज गिरीले भने । त्यस्तै होटल ‘द कल्चर रिसोर्ट’का संचालक प्रकाश कार्कीले पोखरामा प्रमोद खरेल कार्यक्रमसँग जोडिन पाउँदा खुशी लागेको प्रतिक्रिया दिए ।

नागढुंगास्थित रेस्टुरेन्ट ‘बाजेको सेकुवा’ मटन स्वादका लागि चर्चित छ । त्यस्तै यही रेस्टुरेन्टसँगै यसका संचालकहरुले दिव्यश्री होटल र पार्टी प्यालेस संचालन गर्दै आएका छन् । त्यस्तै ‘द कल्चर रिसोर्ट’ पनि यसको भव्य सेटिङको कारण चर्चामा छ । इन्टेरियरसँगै यहाँको सेवा सुविधा पनि उत्कृष्ट रहेको यसका संचालक दाबी गर्छन् । रिसोर्टमा हाल १८ वटा डिलक्स रुमहरु छन् ।

यसअघि इभेन्टको प्रोमोटेड बाइ टाइटलमा टार्गेट इन्टरनेशनल एजुकेशनले सहकार्य गरिसकेको छ । एभिन्यू ग्रुप अफ कमर्शको आयोजना र मनिटरिङ पिस फाउन्डेशनको सहआयोजनामा हुने कार्यक्रम ‘पोखरामा प्रमोद खरेल’का लागि आयोजकले अन्तिम तयारी गरिरहेको छ ।

कमेन्टहरु
Loading...