पोखरामा चैत अन्तिम साता प्रमोद खरेल एकल साँझ

पोखरा, ५ चैत/पोखरामा चैत अन्तिम साता प्रमोद खरेलको एकल साँझ हुने भएको छ । दर्जनौ हिट गीतलाई पोखराका श्रोता समक्ष लाईभ कन्सर्ट मार्फत झण्डै तीन घण्टा पोखराको सभागृह हलमा विताउने भएका छन् ।

एभन्यु ग्रुप अफ कर्मस र मनिटरिङ पिस फाउण्डेशनको आयोजनमा चैत २२ गते सभागृह हलमा चारबजदेखि आफनो प्रस्तुती दिने बार्दली मिडिया प्रालिका प्रवन्ध निर्देशक मन क्षत्रीले मंगलबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिए ।

एकल साँझमा उनले आफनो बहुचर्चित गीतहरुलाई झण्डै तीन घण्टासम्म निरन्तरता दिदै दर्शकलाई एव श्रोतालाई मनोरन्जन प्रदान गर्ने उनले बताए । एकल साँझमा गायिका निरौला, हाँस्य व्यङ्ग्य कलाकार मनोज गजुरेल, अभिनेत्री केकी अधिकारी लगायतका कलाकारहरुले साथ दिने उनले जानकारी दिए ।

रसायनशास्त्रमा स्नतकोत्तर गरेका गायक खरेल सुगम संगीतसँगै फिल्मी पाश्र्वगायन, लोकपक गीतहरुमा आफनो स्वर दिईसकेका छन् । उनले गीतसँगै आफना गीतहरुमा आफैंले संगीत समेत भरेका छन् ।

खुशी निःशुल्क छ अभियान सञ्चालन गर्दै आएको सह आयोजकको रुपमा रहेको मनिटरिङ पिस फाउण्डेशनले मानसिक रोगका कारण विक्षिप्त भएकाहरुको लागि निशुल्क परार्मश तथा आवश्यक औषधोपचारको व्यवस्था गर्दै आएको छ । एकल साँझ सम्पन्न गर्न २५ लाख रुपैयाँ खर्च हुने अनुमान गरेको छ ।

पोखरामा प्रमोद खरेलको एकल साँझ हुने

पोखरामा प्रमोद खरेलको एकल साँझ हुने

Posted by Ganthan.com on Monday, March 18, 2019

 

कमेन्टहरु
Loading...