‘हस्पिटालिटी नेपाल कन्टेस्ट’को तेस्रो सँस्करण शुरुवात

पोखरा, २२ पुस /हस्पिटालिटी नेपाल कन्टेस्टको तेस्रो सँस्करण हुने भएको छ । आयोजक संस्थाएपी इन्टरटेनमेन्टले शनिबार पोखरामापत्रकार सम्मेलनको आयोजनागरि तेस्रो सँस्करणको कन्टेस्टको बारेमाजानकारी दिएको हो । प्रतियोगीलाई लक्षितगर्दै आयोजक संस्थाले शनिबारबाटै तेस्रो सँस्करणको हस्पिटालिटी नेपाल कन्टेस्टको आवेदन समेत खुलाएको छ ।

देशभरबाट हस्पिटालिटी क्षेत्रसँग आबद्ध युवायुवतीले आवेदनभर्न सक्ने आयोजकले बताएको छ । ‘हामीले दुईवटा सँस्करणलाई उत्कृष्ट ढंगबाट सम्पन्नगरिसकेका छौँ । र, यो सँस्करण अझै बढि परिस्कृत हुने हामीदाबीगर्दछौँ ।’ एपी इन्टरटेनमेन्टका प्रबन्धनिर्देशकतथा कन्टेस्टका कार्यक्रम सँयोजकअर्जुन पाण्डेले भने–‘प्रतियोगीहरुकालागि यो पटक अझै बढि अवसरहरु हामीले सृजना गरेका छौँ ।’

पोखराबाहेक काठमाण्डौ, बुटवल र चितवनमापनिआयोजकले ‘कलेज क्याम्पेन’ गरेर प्रतियोगीहरु ल्याउने तयारी गरेको छ । ‘हामीले अघिल्ला सँस्करणमा पनि देशकामूख्यशहरहरुमाकलेज क्याम्पेन गरेकाथियौँ । यो पटक पनिकलेज क्याम्पेनले निरन्तरतापाउनेछ ।’ आयोजकले बताएको छ । विभिन्न चरणको अडिसन पश्चातफाइनलकालागि देशभरबाट २५ जनाप्रतियोगीहरु छनौट गरिने आयोजकले जनाएको छ ।

प्रतियोगितामा हस्पिटालिटी क्षेत्रका विज्ञहरुले सहभागीलाई प्रशिक्षण दिनेछन् । प्रशिक्षण हस्पिटालिटी क्षेत्रसँगै सम्बन्धितहुनेछ । प्रतियोगितामाप्रथमहुनेले थाइल्याण्ड अथवादुबईको भ्रमण प्याकेज प्राप्तगर्नेछन् । त्योसँगै नगद पुरस्कार र अन्यविभिन्नअवसरहरु आयोजकको तर्फबाट पाउने पत्रकार सम्मेलनमाजानकारी दिईयो ।

यसैगरि कन्टेस्टमा दोस्रो र तेस्रो हुनेले आन्तरिक भ्रमण प्याकेजको साथमानगद पुरस्कार प्राप्तगर्नेछन् । ‘कन्टेस्ट’मा सहभागीहुने प्रतिस्पर्धीकालागिवारिष्टा ट्रेनिङ, बारटेन्डर ट्रेनिङ, पब्लिक स्पिकिङ, ड्रेसिङ सेन्स, लिडरशिपतथा सेल्फमार्केटिङ स्किल, कम्यूनिकेशन स्किल डेभलपमेन्ट, मोटिभेसन स्किल लगाएतकातालिमहरु दिईनेआयोजकले बताएको छ । त्यस्तै आयोजकले प्रतियोगीहरुलाई पर्यटनसम्बन्धि थपजानकारी दिनकालागिपर्यटकीय गन्तब्यहरुको भ्रमण पनि गराउने बताएको छ ।

कमेन्टहरु
Loading...