पोखरा टे«डमलको आयोजनामा चिप्लेढुङ्गामा लाइभ कन्सर्ट हुने

कन्सर्टमा क्यास भौचरको अवसर 

पोखरा, ११ असोज/पोखरामा असोज १४ गते शुक्रबार पोखराको केन्द्र मानिने चिप्लेढुङ्गा मानवअधिकार चोकमा हुने निःशुल्क कन्सर्टमा क्यास भौचर वितरण गरिने भएको छ । सुन्दा अचम्म लागेपनि यो यथार्थमै हुने भएको हो ।

पोखराको ठूलो सपिङ कम्प्लेक्स ‘पोखरा टे«डमल’को आयोजना तथा ‘चहलपहल नेपाल’को ब्यबस्थापनमा हुने ‘लाइभ कन्सर्टको साथमा पोखरा टे«डमलको दशैं तिहार मेला’को शुभारम्भ कार्यक्रममा सहभागि एक सय जनालाई २ सय र ५ सयको क्यास भौचर वितरण गरिने मंगलबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको हो ।

कन्सर्टमा सहभागि मध्ये सबैभन्दा धेरै रमाइलो गर्दै कन्सर्ट हेर्ने दर्शकहरुलाई भौचर दिइने चहलपहल नेपालका संयोजक सन्देश श्रेष्ठले जानकारी दिए । जुन भौचर पोखरा टे«डमल भित्रको कुनैपनि पसलमा गएर सामान किन्दा प्रयोग गर्न सकिने पोखरा टे«डमलले जनाएको छ ।

पोखरा टे«डमलको आयोजनामा चिप्लेढुङ्गामा लाइभ कन्सर्ट हुने
पोखरा टे«डमलको आयोजनामा चिप्लेढुङ्गामा लाइभ कन्सर्ट हुने

शुक्रबार अपराह्न ३ बजेदेखी साँझ ६ बजेसम्म हुने कन्सर्टमा नेपालकै चर्चित व्याण्डहरु Mt.8848 र  D-Marcha  ब्याण्ड तथा स्थानिय गायक सन्तोष बस्याल र ओम गुरुङको प्रस्तुती रहने श्रेष्ठले बताए । यसैबीच, पोखरा टे«डमलको दशैं तिहार मेला अन्तर्गत बम्पर उपहार कार्यक्रम यहि असोज १५ गतेदेखी शुरु हुने भएको छ । मंसिर २४ गतेसम्म लागु हुने यो उपहार योजना अन्तर्गत दैनिक, साप्ताहिक र बम्पर उपहारहरु रहेका छन् ।

उपहार योजना अन्तर्गत दैनिक १ लाख बराबरको नगद भौचर, मुभी टिकट, आकर्षक गिफ्ट ह्याम्पर ग्राहकले प्राप्त गर्नेछन् । त्यस्तै साप्ताहिक रुपमा सिजिको ३२ ईञ्चको एलईडी टिभी ५ थान र २ सय लिटरको फ्रिज ५ थान प्राप्त गर्नेछन् । यसैगरी बम्पर उपहारमा यामाहा बाइक, यामाहा स्कुटर, हिराको हार र मलेसियाको दोहोरो हवाई टिकट एक जनालाई प्रदान गरिने उपहार योजना कार्यक्रम संयोजक बासुदेव पराजुलीले जानकारी दिए ।

उपहार जित्नको लागि ग्राहकले पोखरा टे«डमल भित्रका जुनसुकै पसलमा सामान खरिद गर्दा उपहार कुपन प्राप्त गर्नेछन् । एक हजार सामान खरिद गर्दा एउटा र २ हजार ५ सय रुपैयाँ भन्दा माथीको सामान खरिदमा ३ वटा उपहार कुपन निःशुल्क प्राप्त गर्नेछन् । प्राप्त कुपन मध्ये लक्की ड्र बाट बिजेताको घोषणा गरिने आयोजक पोखरा ट्रडमलका सञ्चालक समिति सदस्य सन्तोष घिमिरेले जानकारी दिए ।

कन्सर्टमा वितरण गरिने क्यास भौचर उपहार र पोखरा टे«डमलको बम्पर उपहार योजनाले पोखरेलीहरुमा दशैंको बहार ल्याउने आयोजकको विश्वास छ । पोखरा ट्रेडमलमा करीब ५ सय पसलहरु रहेको टे«डमलका कार्यकारी अध्यक्ष विन्दुकुमार थापाले जानकारी दिए ।

कमेन्टहरु
Loading...