शुक्रबार चिप्लेढुङ्गामा हुने पोखरा टे«डमल कन्सर्टको तयारी पुरा

पोखरा, १३ असोज/पोखराको चिप्लेढुङ्गा मानवअधिकारचोकमा भोलि (शुक्रबार) हुने कन्सर्टको तयारी पूरा भएको छ । पोखरा टे«मलको आयोजना तथा चहलपहल नेपालको ब्यबस्थापनमा निःशुल्क हुने कन्सर्टमा क्यास भौचर समेत वितरण गरिने आयोजकले जनाएको छ ।

शुक्रबार अपराह्न ३ बजेदेखी साँझ ६ बजेसम्म ‘लाइभ कन्सर्टको साथमा पोखरा टे«डमलको दशैं तिहार मेला’को शुभारम्भ कार्यक्रममा सहभागि एक सय जनालाई २ सय र ५ सयको क्यास भौचर वितरण गरिने चहलपहल नेपालका संयोजक सन्देश श्रेष्ठले जानकारी दिए । कन्सर्टमा सहभागि मध्ये सबैभन्दा धेरै रमाइलो गर्दै कन्सर्ट हेर्ने दर्शकहरुलाई भौचर दिइने उनले बताए । जुन भौचर पोखरा टे«डमल भित्रको कुनैपनि पसलमा गएर सामान किन्दा प्रयोग गर्न सकिने पोखरा टे«डमलका प्रबन्ध निर्देशक मिनराज काफ्लेले बताए ।

कन्सर्टमा नेपालकै चर्चित व्याण्डहरु Mt.8848 र D-Marcha ब्याण्ड तथा स्थानिय गायक सन्तोष बस्याल र ओम गुरुङको प्रस्तुती रहने संयोजक श्रेष्ठले बताए । यसैबीच, पोखरा टे«डमलको दशैं तिहार मेला अन्तर्गत बम्पर उपहार कार्यक्रम यहि असोज १५ गते शनिबारदेखी शुरु हुने भएको छ । मंसिर २४ गतेसम्म लागु हुने यो उपहार योजना अन्तर्गत दैनिक, साप्ताहिक र बम्पर उपहारहरु रहेका छन् ।

उपहार योजना अन्तर्गत दैनिक १ लाख बराबरको नगद भौचर, मुभी टिकट, आकर्षक गिफ्ट ह्याम्पर ग्राहकले प्राप्त गर्नेछन् । त्यस्तै साप्ताहिक रुपमा सिजिको ३२ ईञ्चको एलईडी टिभी ५ थान र २ सय लिटरको फ्रिज ५ थान प्राप्त गर्नेछन् । यसैगरी बम्पर उपहारमा यामाहा बाइक, यामाहा स्कुटर, हिराको हार र मलेसियाको दोहोरो हवाई टिकट एक जनालाई प्रदान गरिने उपहार योजना कार्यक्रम संयोजक बासुदेव पराजुलीले जानकारी दिए ।

उपहार जित्नको लागि ग्राहकले पोखरा टे«डमल भित्रका जुनसुकै पसलमा सामान खरिद गर्दा उपहार कुपन प्राप्त गर्नेछन् । एक हजार सामान खरिद गर्दा एउटा र २ हजार ५ सय रुपैयाँ भन्दा माथीको सामान खरिदमा ३ वटा उपहार कुपन निःशुल्क प्राप्त गर्नेछन् । प्राप्त कुपन मध्ये लक्की ड्र बाट बिजेताको घोषणा गरिने आयोजक पोखरा ट्रडमलका सञ्चालक सन्तोष घिमिरेले जानकारी दिए ।

कमेन्टहरु
Loading...