पोखरा थिएटरमा विदेशी प्रशिक्षक

पोखरा, ११ भदौ /पोखरा थिएटरको आयोजनामा निःशुल्क अभिनय कार्यशालाको आयोजना गरिएको छ । नाट्य क्षेत्रमा अगाडी बढ्न चाहने प्रतिभालाई नाट्य क्षेत्रमा स्थापित गराउने सोचका साथ आयोजना गरिएको कार्यशालामा विदेशी प्रशिक्षकले प्रशिक्षण दिइरहेका छन् ।

ट्रीनिडाड एण्ट टोबागो देशको टेट्रो जोर्नी कम्पनीका डाइरेक्टर टाफर चाया लुइस र भिडियाग्राफर तथा प्रोजेक्ट म्यानेजर यासिम बेन्जामिनले दिएको कार्यशालामा पोखराका २५ युवा युवतीले सहभागीता जनाएका छन् । कार्याशाला पश्चात प्रशिक्षार्थीको क्षमता अभिवृद्धि हुने अपेक्षा आयोजकले गरेका छन् ।

पोखराको ग्रैहापाटनमा रहेको पोखरा थिएटरको बन्दै गरेको थिएटर हलमानै कार्यशाला गरिएको थिएटरका अध्यक्ष परिवर्तन कार्कीले जनाए । थिएटर हल निर्माण कार्य अन्तिम चरणमा पुगेको कार्कीको भनाइ छ । ‘थिएटर हलको ८० प्रतिशत काम सकियो मंसिर पहिलो साता सम्ममा सञ्चालनमा आउँछ’ कार्कीले भने । शुक्रबारबाट सुरु भएको कार्यशाला मंगलबारसम्म चल्नेछ । पोखराको नाट्य क्षेत्रको माहोल क्रियाशिल बनाउने लक्ष्य साथ अगाडी बढेको थिएटरले नयाँ नाटक मञ्चनको तयारी समेत गर्दैछ ।

कमेन्टहरु
Loading...