पोखरा महोत्सवमा प्रदेश स्तरिय खुल्ला दोहोरी गीत प्रतियोगिता हुने

पोखरा १३ पुस / नेपालमानै पहिलोपटक पोखरामा प्रदेश स्तरिय खुल्ला लोकदोहोरी गीत प्रतियोगिता हुने भएको छ । युनाइटेड क्लवको आयोजनामा आगामी पुस २७ देखि माघ ८ गते सम्म पोखराको अमरसिंह चोकमा हुने आठौ संस्करणको पोखरा महोत्सवमा नेपालमानै पहिलोपटक ४ नम्बर प्रदेश स्तरिय खुल्ला लोकदोहोरीगीत प्रतियोगिताको आयोजना गरिने भएको हो ।

क्लवले पोखरा महोत्सवको आयोजना गरि रहदा मुलुक संघियतामा गएको सन्दर्भलाई मध्येनजर गरी पोखराबाटै पहिलो पटक ४ नम्ब प्रदेश स्तरिय खुल्ला लोकदोहोरी प्रतियोगिताको आयोजना गरिएको पोखरा महोत्सव आयोजक युनाइटेड क्ल्वका प्रथम उपाध्यक्ष तथा महोत्सव कलाकार ब्यवस्थापन उपसमिती संयोजक लालकाजी गुरुङले जानकारी दिए ।

चार नम्बर प्रदेशका ११ वटा जिल्लामा रहेका लोकदोहोरी कलाकारहरुले उक्त प्रतियोगितामा सहभागीता जनाउने समेत गुरुङले जानकारी दिए । प्रतियोगितामा प्रथम हुने टीमलाई ३० हजार नगद र प्रमाणपत्र, दोश्रो हुने टीमलाई १८ हजार र तृतीय स्थान हासिल गर्नेलाई १२ हजार नगद र प्रमाणपत्र प्रदान गरिनेछ । त्यसैगरी शान्तवना स्थान हासिल गर्ने टीमलाई ६ हजार नगद र प्रमाणपत्र प्रदान गरिने आयोजकले जनाएको छ ।

यसैवीच आठौ संस्करणको पोखरा महोत्सवको मिती नजिकिदै गर्दा महोत्सव सफल पार्न गठित सल्लाहकारहरुको पूर्ण बैठक सम्पन्न भएको छ । सल्लाहकारहरुको बैठकले महोत्सवलाई सफल बनाउनका लागी पोखरा लेखनाथ महानगरभित्र रहेका सम्पूर्ण संघ सस्थाहरुसंग समन्वय गरी सुरक्षाको राम्रो प्रवन्ध मिलाई महोत्सवलाई भब्य र सभ्य बनाउने निर्णय गरेको पोखरा महोत्सवका प्रचार प्रसार संयोजक तथा युनाइटेड क्लवका महासचिव राजु श्रेष्ठले जानकारी दिए । सो अवसरमा वोल्दै युनाइटेड क्लवका अध्यक्ष सुक बहादुर गुरुङले महोत्सव सफल बनाउनका लागी सम्पूर्ण पोख्रेलीहरुको भुमिका महत्वपूर्ण रहने वताउदै महोत्सवलाई भब्य र सभ्य बनाउनका लागी सल्लाहकारहरुको भुमिका उल्लेखनीय रहने समेत वताए ।

सो अवसरमा कलवका संस्थापक अध्यक्ष हिमालय बख्रेल, सल्लाहकारहरु लेखनाथ उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष लक्ष्मी प्रसाद त्रिपाठी, पोखरा नगर महिला समन्वय समिती पवित्रादेवी गुरुङ, पोखरा लेखनाथ महानगरपालिका वडा नम्बर १५ का अध्यक्ष प्रकाश पौडेल, पोखरा लेखनाथ महानगरपालिका वडा नम्बर ११ का अध्यक्ष मोहन बास्तोल लगायतले पोखरा महोत्सवलाई भब्य र सभ्य बनाउनका लागी पोखरा लेखनाथ महानगरपालिका भित्र रहेका सम्पूर्ण संघ सस्था संग समन्वय गरेर अगाडी वढ्ने वताएका थिए ।

कमेन्टहरु
Loading...