आठौ संस्करणको पोखरा महोत्सवलाई समाधानको साथ

पोखरा ४ पुस/आठौ संस्करणको पोखरा महोत्सवलाई समाधान मिडियाको साथ मिलेको छ । युनाइटेड क्लवको आयोजनामा आगामी पुसको २७ देखि माघको ८ गते सम्म पोखराको अमरसिंह चौरमा हुने आठौ पोखरा महोत्सवलाई समाधान मिडिया प्रा.लि. अफिसियल मिडियाको भुमिकामा रही साथ दिने भएको छ । विगतका वर्षदेखि युनाइटेड क्लवको आयोजना हुने पोखरा महोत्सवलाई साथ दिदै आएको समाधान मिडिया प्रा.लि.ले आठौ पोखरा महोत्सवलाई निरन्तर साथ दिने भएको हो ।

मंगलबार समाधान मिडिया प्रा.लि.का बजार ब्यवस्थापक श्रीप्रसाद पोख्रेल र पोखरा महोत्सवका प्रचार प्रसार संयोजक तथा युनाइटेड क्लवका महासचिव राजु श्रेष्ठ बीच सहमती पत्रमा हस्ताक्षर भएको हो । सो अवसरमा वोल्दै समाधान मिडिया प्रा.लि.का बजार ब्यवस्थापक श्री प्रसाद पोख्रेलले सामाजिक काममा अग्रणी स्थानमा रहेको युनाइटेड क्लवले प्रत्येक वर्ष आयोजना गर्दै आइरहेको पोखरा महोत्सवमा मिडिया पार्टनर बनी सहकार्य गर्न पाउदा निकै खुसी लागेको वताए । आगामी दिनमा क्लवसंग भएको सम्झौता अनुसार आफुहरुले महोत्सवलाई आफ्नो मिडियाको माध्यामबाट महत्वपूर्ण स्थान दिने समेत प्रतिवद्धता ब्यक्त गरे ।

युनाइटेड क्लवका महासचिव तथा महोत्सव प्रचार प्रसार संयोजक राजु श्रेष्ठले समाधान मिडिया प्रा.लि.ले पोखरा महोत्सवलाई साथ दिएर सामाजिक क्रियाकलापमा सहभागीता जनाएकोमा खुसी ब्यक्त गर्दै महोत्सवलाई भब्य र सभ्य बनाउनका लागी सम्पूर्ण पोखराबासीलाई आग्रह गरे । पोखरा महोत्सव युनाइटेड क्लवको मात्र नभइ समग्र पोखराको महोत्सव भएकाले सम्पूर्ण पोखराबासीले सहयोग गर्नुपर्ने उनको भनाइ रहेको थियो । सो अवसरमा वोल्दै युनाइटेड क्लवका प्रथम उपाध्यक्ष लालकाजी गुरुङले पोखरा महोत्सवको तयारी तीब्र रुपमा अगाडी वढिरहेको वताए ।

पुस २७ देखि माघ ८ गते सम्म हुने महोत्सवलाई सफल बनाउनका लागी गठित विभिन्न उपसमितीहरुको समन्वयमा महोत्सवलाई भब्य र सभ्य बनाउनका लागी आफुहरु तीब्र रुपमा तयारीलाई अगाडी वढाइरहेको उनको भनाइ रहेको थियो ।नेपाल शालिमार सिमेन्टको मुख्य प्रायोजनमा हुने आठौ संस्करणको पोखरा महोत्सवमा अफिसियल टेलिभिजन फेवा टेलिभिजन र एबिसी टेलिभिजन र अफिसियल रेडियोमा रेडियो अन्नपूर्ण रहेका छन । १२ दिन सम्म सञ्चालन हुने महोत्सवले देशको कला, संस्कृती, भेष भुषाको संरक्षण, शिक्षा, स्वास्थ्य, खेलकुद तथा पर्यटनको बिकासबाट देशलाई संवृद्धि तर्फ अग्रसरता प्रदान गर्न, बिकसित सुचना प्रविधीको जानकारी सर्वसाधारण समक्ष पु¥याउने, पोखरा र आसपासका पर्यटकीय क्षेत्रको प्रवद्र्धन र यस क्षेत्र उत्पादित वस्तुको बजारीकरण, स्थानिय देखि राष्ट्रिय स्तरका कलाकारको प्रतिभा प्रस्फुटन गराउने उद्देश्य लिइएको क्लवका अध्यक्ष सुक बहादुर गुरुङले वताए ।

महोत्सवमा विभिन्न जात जातिका कला संस्कृति प्रदर्शनी, औधोगिक उत्पादनको प्रदर्शनी एवं बिक्री, हस्तकला सामानहरुको प्रदर्शनी एवं बिक्री, सुचना प्रविधीहरुको प्रदर्शनी एवं जानकारी, व्यवशायीक संघ सस्थाहरुको सेवा वारे जानकारी, स्थानिय, राष्ट्रिय तथा अन्तराष्ट्रिय उपभोग्य वस्तुहरुको प्रदर्शनी तथा बिक्री वितरण, पर्यटन प्रवद्र्धनका सामाग्रीहरुको प्रदर्शनी एवं जानकारी, पोखरा लगायत विभिन्न पर्यटकीय स्थलहरुको जानकारी, सामाजिक संस्थाहरुको परिचय एवं जानकारी, पशुपंक्षीको प्रदर्शनी, नेपाली संस्कृति झल्कने नृत्य प्रस्तुती, कृषि तथा अटो मेला लगायतका गतिविधीहरु समेत सञ्चालन हुने महोत्सवका सचिवालय ब्यवस्थापन उपसमिती संयोजक तथा क्लवका द्धितिय उपाध्यक्ष लोक बहादुर थापाले जानकारी दिए ।

त्यसैगरी महोत्सवमा राष्ट्रिय तथा स्थानिय स्तरका कलाकारहरुद्धारा दोहोरी गीत प्रस्तुती, नेपालका ख्यातिप्राप्त ब्याण्ड, लोकल ब्याण्ड तथा कलाकारहरुको लाइभ प्रस्तुती, हास्य ब्यङ्ग्य, उत्कृष्ट स्टललाई पुरस्कार, चमेना गृहको ब्यवस्था, नेपाली संस्कृति झल्कने प्रस्तुतीका साथै विभिन्न मनोरन्जनात्मक कार्यक्रमहरु हुने छन ।महोत्सवमा आउने दर्शकलाई सुरक्षाको उचित प्रवन्ध, शौचालयको उचित ब्यवस्था, वाइ–फाइको ब्यवस्था, अग्नि, चट्याङ, भुकम्प, हुरीवतास तथा हुलदंगा बिमा, प्राथमिक स्वास्थ्य सेवा तथा एम्बुलेन्सको ब्यवस्था, पार्किङको उचित ब्यवस्था गरिएको आयोजकले जनाएको छ ।

२ लाख ५० हजार दर्शकले अनुमान गर्ने लक्ष्य राखिएको महोत्सवमा साधारणलाई ८० र विद्यार्थीलाई ६० रुपैया टिकटदर कायम गरिएको छभने महोत्सवमा अपाङग, बृद्धबृद्धा, एकल महिला र सुरक्षा निकायलाई प्रवेश निशुल्क गराइने छ । महोत्सवमा १ करोड १४ लाख आम्दानी , ७९ लाख खर्च र ३५ लाख आम्दानी हुने अनुमान गरिएको महोत्सवका अर्थ तथा स्टल ब्यवस्थापन उपसमिती संयोजक तथा क्लवका कोषाध्यक्ष गणेश तिमिल्सिनाले जानकारी दिए ।

कमेन्टहरु
Loading...