आठौ पोखरा महोत्सवको मुख्य प्रायोजक नेपाल शालिमार सिमेन्ट

पोखरा ११ मंसिर /आठौ पोखरा महोत्सवलाई नेपाल शालिमार सिमेन्टको साथ रहेको छ । युनाइटेड क्लवको आयोजनामा आगामी पुसको २७ देखि माघ ८ गते सम्म पोखराको अमरसिंह चौरमा हुने आठौ संस्करणको पोखरा महोत्सवलाई नेपाल शालिमार सिमेन्टले मुख्य प्रायाजनमा रहेर साथ दिने भएको हो ।महोत्सव आयोजक युनाइटेड क्लव र नेपाल शालिमार सिमेन्टका पोखरा प्रतिनिधी तथा सिजी हार्डवेयर एण्ड सप्लायर्सका सञ्चालक दिनेश चौधरी बीच महोत्सवको मुख्य प्रायोजकको सहमती पत्रमा हस्ताक्षर गरेको हो ।

आइतबार महोत्सव आयोजक युनाइटेड क्लवका अध्यक्ष तथा महोत्सव मुल आयोजक समिती संयोजक सुक बहादुर गुरुङ, महोत्सव प्रचार प्रसार उपसमिती संयोजक तथा क्लवका महासचिव राजु श्रेष्ठ, क्लवका सचिव तथा महोत्सव प्रायोजक ब्यवस्थापन उपसमिती संयोजक शान्ता बहादुर थापा लगायतले शालिमार सिमेन्टका प्रतिनिधी संग सहमती पत्रमा हस्ताक्षर गरी महोत्सवलाई भब्य र सभ्य बनाउनका लागी दुवै पक्षबीच सहमती भएको हो ।

सो अवसरमा वोल्दै नेपाल शालिमार सिमेन्टका तर्फबाट सिजी हार्डवेयर एण्ड सप्लायर्सका सञ्चालक दिनेश चौधरीले विगतका वर्षहरुमा जस्तै पोखराको पर्यटन प्रवद्र्धन संगै सामाजिक क्षेत्रमा छुट्टै पहिचान बनाउन सफल युनाइटेड क्लव संग सहकार्य गर्न पाउदा निकै खुसी लागेको वताए । सो अवसरमा वोल्दै महोत्सव मुल आयोजक समितीका संयोजक तथा क्लवका अध्यक्ष सुक बहादुर गुरुङले पोखरा महोत्सव संग विगतका वर्षहरुदेखि नेपाल शालिमार सिमेन्टले सहकार्य गर्दै आएको र आठौ महोत्सवमा पनि सहकार्य गर्न पाउदा निकै खुसी लागेको वताए । गुरुङले महोत्सव क्लवको मात्र नभइ पोखराकै महोत्सव र सामाजिक कामका लागी भएकाले सवैले सहयोग गर्न समेत आग्रह गरे ।

१२ दिन सम्म सञ्चालन हुने महोत्सवले देशको कला, संस्कृती, भेष भुषाको संरक्षण, शिक्षा, स्वास्थ्य, खेलकुद तथा पर्यटनको बिकासबाट देशलाई संवृद्धि तर्फ अग्रसरता प्रदान गर्न, बिकसित सुचना प्रविधीकोे जानकारी सर्वसाधारण समक्ष पु¥याउने, पोखरा र आसपासका पर्यटकीय क्षेत्रको प्रवद्र्धन र यस क्षेत्र उत्पादित वस्तुको बजारीकरण, स्थानिय देखि राष्ट्रिय स्तरका कलाकारको प्रतिभा प्रस्फुटन गराउने उद्देश्य लिइएका छ ।

महोत्सवमा विभिन्न जात जातिका कला संस्कृति प्रदर्शनी, औधोगिक उत्पादनको प्रदर्शनी एवं बिक्री, हस्तकला सामानहरुको प्रदर्शनी एवं बिक्री, सुचना प्रविधीहरुको प्रदर्शनी एवं जानकारी, व्यवशायीक संघ सस्थाहरुको सेवा वारे जानकारी, स्थानिय, राष्ट्रिय तथा अन्तराष्ट्रिय उपभोग्य वस्तुहरुको प्रदर्शनी तथा बिक्री वितरण, पर्यटन प्रवद्र्धनका सामाग्रीहरुको प्रदर्शनी एवं जानकारी, पोखरा लगायत विभिन्न पर्यटकीय स्थलहरुको जानकारी, सामाजिक संस्थाहरुको परिचय एवं जानकारी, पशुपंक्षीको प्रदर्शनी, नेपाली संस्कृति झल्कने नृत्य प्रस्तुती, कृषि तथा अटो मेला लगायतका गतिविधीहरु समेत सञ्चालन हुने महोत्सवका सचिवालय ब्यवस्थापन उपसमिती संयोजक तथा क्लवका द्धितिय उपाध्यक्ष लोक बहादुर थापाले जानकारी दिए ।

त्यसैगरी महोत्सवमा राष्ट्रिय तथा स्थानिय स्तरका कलाकारहरुद्धारा दोहोरी गीत प्रस्तुती, नेपालका ख्यातिप्राप्त ब्याण्ड, लोकल ब्याण्ड तथा कलाकारहरुको लाइभ प्रस्तुती, हास्य ब्यङ्ग्य, उत्कृष्ट स्टललाई पुरस्कार, चमेना गृहको ब्यवस्था, नेपाली संस्कृति झल्कने प्रस्तुतीका साथै विभिन्न मनोरन्जनात्मक कार्यक्रमहरु हुने महोत्सवका कलाकार ब्यवस्थापन उपसमिती संयोजक तथा क्लवका प्रथम उपाध्यक्ष लालकाजी गुरुङले जानकारी दिए ।

महोत्सवमा आउने दर्शकलाई सुरक्षाको उचित प्रवन्ध, शौचालयको उचित ब्यवस्था, वाइ–फाइको ब्यवस्था, अग्नि, चट्याङ, भुकम्प, हुरीवतास तथा हुलदंगा बिमा, प्राथमिक स्वास्थ्य सेवा तथा एम्बुलेन्सको ब्यवस्था, पार्किङको उचित ब्यवस्था गरिएको आयोजकले जनाएको छ । २ लाख ५० हजार दर्शकले अनुमान गर्ने लक्ष्य राखिएको महोत्सवमा साधारणलाई ८० र विद्यार्थीलाई ६० रुपैया टिकटदर कायम गरिएको छभने महोत्सवमा अपाङग, बृद्धबृद्धा, एकल महिला र सुरक्षा निकायलाई प्रवेश निशुल्क गराइने छ । महोत्सवमा १ करोड १४ लाख आम्दानी , ७९ लाख खर्च र ३५ लाख आम्दानी हुने अनुमान गरिएको महोत्सवका अर्थ तथा स्टल ब्यवस्थापन उपसमिती संयोजक तथा क्लवका कोषाध्यक्ष गणेश तिमिल्सिनाले जानकारी दिए ।

कमेन्टहरु
Loading...