आठौ पोखरा महोत्सवका लागी स्टल बुकिङ खुल्ला

पोखरा २५ कार्तिक/आठौ पोखरा महोत्सवका लागी स्टल बुकिङ खुल्ला गरिएको छ । आगामी पुसको २७ देखि पोखराको अमरसिंह चौरमा हुने आठौ संस्करणको पोखरा महोत्सवलाई सभ्य र भब्य बनाउनका लागी महोत्सवका उपसमितीहरुको बैठकले महोत्सवको स्टल बुकिङ खुल्ला गर्ने निर्णय गरेको हो । महोत्सव आयोजक युनाइटेड क्लवका अध्यक्ष तथा महोत्सव मुल आयोजक कमिटीका संयोजक सुक बहादुर गुरुङको अध्यक्षतामा प्रचार प्रसार, कलाकार ब्यवस्थापन र अर्थ तथा स्टल उपसमितीको बैठक समेत सम्पन्न भएको हो ।

बैठकले पोखरा महोत्सवलाई भब्य र सभ्य बनाउका लागी स्टल बुकिङ खुल्ला गरिएकोे अर्थ तथा स्टल उपसमिती संयोजक गणेश तिमिल्सिनाले जानकारी दिए । तिमिल्सिनाका अनुसार महोत्सवमा पर्यटन प्रवद्र्धन सम्बन्धी स्टललाई निशुल्क र कृषि, घरेलु उद्योग तथा स्थानिय उत्पादनका स्टलहरुलाई विशेष सहुलियतमा सटल प्रदान गरिने छ ।

त्यसैगरी दर्शकहरुको मन जित्न सक्ने ख्याति प्राप्त राष्ट्रिय तथा अन्तराष्ट्रिय कलाकारहरु महोत्सवमा ल्याइ दर्शकलाई भरपुर मनोरन्जन प्रदान गर्नका राष्ट्रिय कलाकारहरु संग छलफल भइरहेको र विगतका महोत्सव भन्दा फरक धारका कलाकारहरु महोत्सवमा ल्याउन निर्णय भएको कलाकार ब्यवस्थापन संयोजक लालकाजी गुरुङले जानकारी दिए । बिगतका वर्षभन्दा यो पटकको महोत्सवमा पुराना भन्दा पनि युवा पुस्ताको मन जित्ने खालको कलाकारहरुको प्रस्तुती रहने समेत गुरुङले वताए । नेपाली संस्कृति जगेर्ना गर्नका लागी विभिन्न जातिय संस्कृतिहरु झल्कने खालका नृत्यहरुको समेत प्रस्तुती रहने छ ।

महोत्सवको प्रचार प्रसारलाई युद्ध स्तरमा अगाडी वढाउनका लागी प्रचार प्रसार समितीले काम गरिरहेको र पोेखरा महोत्सवलाई नेपालमा मात्र नभइ अन्तराष्ट्रिय स्तरमा समेत चिनाउन सक्ने गरी प्रचार प्रसारलाई अगाडी वढाइने महोत्सव प्रचार प्रसार उपसमिती संयोजक राजु श्रेष्ठले वताए ।

शिक्षा, स्वास्थ्य, खेलकुद, पर्यटन र सेती नदी संरक्षण संगै पोखरामा नया पर्यटकीय गन्तब्य चिडियाखाना निर्माणका लागी आवाज उठाउदै आएको युनाइटेड क्लवले पोखराको अमरसिंह चौरमा आयोजना गर्ने आठौ संस्करणको पोखरा महोत्सव सफल बनाउनका लागी मुल आयोजक समिति सहित ४१ वटा उपसमिति गठन गरेको छ । सवै समितीहरुले आफ्नै ढंगले कामहरु अगाडी वढाइरहेको समेत प्रचार प्रसार संयोजक राजु श्रेष्ठले वताए ।

कमेन्टहरु
Loading...