नवौ पोखरा महोत्सवको तयारी पुरा

महोत्सव अवधिभर ज्योलोजिकल पार्क जान निशुल्क बसको ब्यवस्था

पोखरा ,२४ पुस । नवौ संस्करणको पोखरा महोत्सवको तयारी पुरा भएको छ । आयोजक युनाइटेड क्लवले मंगलवार पत्रकार सम्मेलनको आयोजना गरी पुस २७ देखी माघ ८ गते सम्म अमरसिंह चौरमा आयोजना हुने नवौ संस्करणको पोखरा महोत्सवको सम्पूर्ण तयारी पुरा भएको जनाएको हो । स्थापना कालदेखी पोखरा महोत्सवको आयोजना गरी शिक्षा, स्वास्थ्य, खेलकुद, पर्यटन प्रवद्र्धनका लागी पोखरामा नया पर्यटकीय गन्तब्य चिडियाखाना निर्माणमा पहलकदमी संगै सेती नदी संरक्षणमा काम गर्दै आइरहेको युनाइटेड क्लवले आयोजन गर्न लागेको नवौ संस्करणको पोखरा महोत्सवको सम्पूर्ण तयारी पुरा भएको पत्रकार सम्मेलन मार्फत महोत्सव आयोजक मुल समारोह समितीका संयोजक तथा क्लवका अध्यक्ष लालकाजी गुरुङले जानकारी दिए ।

गुरुङका अनुसार महोत्सवको सम्पूर्ण तयारी पुरा भएको छभने आयोजक महोत्सव उद्घाटनको संघारमा पुगेको छ । महोत्सवकै आयोजना गरी युनाइटेड क्लवले नौ वर्षको अवधिमा गरिव तथा जेहेन्दार विद्याथीहरुको शिक्षाको लागी गण्डकी प्रदेशभित्रका १२ वटा सामुदायिक विद्यालयहरुमा छात्रवृत्ति कोषको स्थापना गरिसकेको वताउदै अध्यक्ष गुरुङले विभिन्न ग्रामीण क्षेत्रमा रहेका आर्थिक अभाव भइ स्वास्थ्य लाभ लिन नसकेकाहरुलाई लक्षित गरी स्वास्थ्य शिविरको आयोजना गरिरहेको वताए । त्यसैगरी युवाहरु कुलत बाटोमा नफासोस भन्ने उद्देश्यले खेलकुदको माध्यामबाट सवल र सक्षम नागरिक निर्माण गरी एक आपसमा भाइचारा अभिवृद्धि गर्ने उद्देश्यले खेलकुदको कार्यक्रम संगै विभिन्न खेलकुदका गतिविधीहरुमा सहयोग गर्दै आइरहेको गुरुङले वताए ।

नवौ संस्करणको पोखरा महोत्सवमा यसपटक युनाइटेड क्लवको पहलकदमीमा पोखराको लेखनाथ पचभैयामा निर्माणधिन ज्योलोजिकल पार्कको अवलोकनको ब्यवस्था मिलाइने भएको । पचभैया जाने दर्शकका लागी निशुल्क वसको ब्यस्था मिलाइएको क्लवका संस्थापक अध्यक्ष तथा पोखरा ज्योलोजिकल पार्कका अध्यक्ष हिमाले बख्रेलले वताए । स्थापना कालदेखी पोखरामा मानवनिर्मित खुल्ला चिडियाखानाको निर्माण हुनुपर्दछ भन्ने अवधारणा अनुरुप क्लवको पहलमा लेखनाथको पचभैयामा ४५ लाख ८५ हजार रुपैया र विभिन्न सरकारी निकायको सहयोगमा ज्योलोजिकल पार्क निर्माणको काम तीब्र गतिमा अगाडी वढेको बख्रेलले वताए ।

बख्रेलका अनुसार पोखरा महानगरपालिकाको वडा नम्बर ३०, ३१, र ३२ मा रहेको पचभैया, चापापानी चिसाकुना र चैनपुर सामुदायिक बन क्षेत्रको १ सय ३४ हेक्टर जमिनमा पशुपंछी उद्दार केन्द्रको लागी भवनहरुको निर्माण, खानेपानी जडान, यातायातको सहजिकरणको लागी बाटो निर्माण कार्य अगाडी बढेको छभने मृगस्थली , बाघ राख्ने खोर निमार्ण सम्पन्न भईसकेको छ भने गण्डकी प्रदेश सरकारको सहयोग र उद्योग पर्यटन, वन तथा वातावरण मन्त्रालय वन निर्देशनालयको प्रत्यक्ष निगरानी मा थप चरा ,मृग, बाँदर,हिमालयन थार र भालुको ठूला —ठूला इनक्लोजरहरु, वन्यजन्तुको लागी पानी ट्याक्की ,घाईते वन्यजन्तुको उपचार कक्ष,विरामी वन्यजन्तु बोक्ने स्टेचर विभिन्न इनक्लोजर सम्म पूग्ने गोरेटो बाटो र प्रवेशद्धार निमार्णको लागी कार्य अगाडी बढी सकेका छ । गण्डकी प्रदेश सरकार बाट रु। १ करोड ५० लाख पोखरा जुलोजिकल पार्कको डि।पि।आर विनियोजन भएको छभने विभिन्न जनवारहरु राख्नका लागी १ करोड ५० लाख बजेट विनियोजन भइ काम अगाडी वढिरहेको बख्रेलले वताए ।

क्लवले गर्दै आएको सामाजिक क्रियाकलाप अन्तर्गत सेती नदी संरक्षण कार्यक्रमलाई अभियानकै रुपमा अगाडी वढाउदै नवौ संस्करणको पोखरा महोत्सवमा पनि प्रति टिकटबाट एक रुपैया छुट्याइने महोत्सव प्रचार प्रसार संयोजक शान्ता बहादुर थापाले वताए । थापाका अनुसार यो वर्ष देखी विपद ब्यवस्थापनका लागी अक्षयकोष स्थापना गरेको र हाल सम्म पोखराका विभिन्न सडकहरुलाई लक्षित गरी १ सय ५० वटा सौर्यबत्ती जडान गरिएको छ । पोखराको सेती नदीलाई फोहोरबाट बचाउन तथा शान्ती सुरक्षाको सुनिश्चितता गर्ने उद्धेश्य सहित पृथ्वीचोक र बुद्धचोक जोडने सेती नदी पुलमा सि।सि क्यामरा जडान गरिएको थापाको भनाइ रहेको छ ।

महोत्सव अवधिभर विभिन्न जातजातीका कला संस्कृतिको प्रदर्शनी, औधोगिक उत्पादनको प्रदर्शनी एवं बिक्री, हस्तकला सामानहरुको प्रदर्शनी एवं बिक्री, सुचना प्रविधीहरुको प्रदर्शनी एवं जानकारी, ब्यवशायीक संघ सस्थाहरुको वारेमा जानकारी, स्थानिय, राष्ट्रिय तथा अन्तराष्ट्रिय उपभोग्य बस्तुहरुको प्रदर्शनी तथा उचित मुल्यमा बिक्री वितरण, पर्यटन प्रवद्र्धनका सामाग्रीहरुको प्रदर्शनी एवं जानकारी, पोखरा लगायत गण्डकी प्रदेशमा रहेको पर्यटकीय स्थलहरुको जानकारी , सामाजिक संस्थाहरुको परिचय एवं जानकारी, नेपाली संस्कृति झल्कने नृत्य प्रस्तुती, कृषि तथा अटो मेला र बाल उद्यानका गतिविधीहरु सञ्चालन हुने महोत्सव प्रचार प्रसार संयोजक शान्ता बहादुर थापाले वताए ।

महोत्सवले देशको कला, संस्कृति, भेषभुसाको संरक्षण, शिक्षा, स्वास्थ्य, खेलकुद र पर्यटनको बिकास गरी मुलुकलाई समृटि तिर पु¥याउनुका साथै बिकसित सुचना प्रविधीको जानकारी सर्वसाधरण सम्म पु¥याउन, आन्तरिक तथा बाह्य मुलुकमा उत्पादित बस्तुको बजार सहजीकरण गराउन सवै कलाकारहरुको प्रतिभा प्रस्फुटनमा सहयोग संगै मुलुकलाई आर्थिक चलायमान गराई रोजगार सृजना गराइ क्षेत्रगत विकासमा टेवा पु¥याउने लक्ष्य लिइएको महोत्सव प्रचार प्रसार संयोजक शान्ता बहादुर थापाले वताए ।

त्यसैगरी महोत्सवमा राष्ट्रिय तथा स्थानिय कलाकारहरु बद्री पंगेनी, प्रजापति पराजुली, पुरुषोत्तम न्यौपाने, पशुपति शर्मा, कोमल वली, रामजी खांड, राधिका हमाल, प्रीति आले, ज्योती मगर, राजु गुरुङ, प्रकाश सपुत, राजन गुरुङ, कुलेन्द्र विश्वकर्मा, जीवन दाहाल लगायत स्थानिय कलाकारहरुको प्रस्तुती रहने छनभने राष्ट्रिय तथा अन्तराष्ट्रिय ब्याण्डहरु दीपक बज्राचार्य एण्ड द रिदम ब्याण्ड, पुष्पान प्रधान, लाहुरे, द एक्स, सविन राइ एण्ड द फेरो, भीटेन, मेलिना राई, त्रिष्णा गुरुङ, द एज ब्याण्ड, सुशान्त केसी र लोकल ब्याण्डहरुको प्रस्तुती रहने कलाकार ब्यवस्थापन उपसमिती संयोजक राजु श्रेष्ठले जानकारी दिए ।

महोत्सव अवधिभर हास्य ब्याङ्ग्य प्रस्तुती, उत्कृष्ट स्टललाई पुरस्कार, नेपाली संस्कृति झल्कने सांस्कृतिक प्रस्तुुती, चमेना गृहको ब्यवस्था, बाल उद्यान, प्रदेश स्तरिय लोक दोहोरी प्रतियोगिता, झाकी प्रतियोगिता र विभिन्न मनोरन्जनात्मक कार्यक्रमहरु रहने वताउदै श्रेष्ठले महोत्सवमा सुरक्षाको उचित प्रबन्धको ब्यवस्था गरिएको छभने पार्किङ, शौचालन, निशुल्क वाइफाइ, प्राथमिक उपचार सहित एम्बुलेन्सको ब्यवस्था गरिएको छभने अग्नि, चट्याङ, भुकम्प, हुरिबतास, हुलदङ्गाले हुन सक्ने क्षतीलाई मध्येनजर गरी बीमाको समेत ब्यवस्था गरिएको वताए ।

२ सय ५० वटा स्टल रहने महोत्सवमा दुई लाख देखी दुइ लाख ५० हजार दर्शकले अवलोकन गर्ने लक्ष्य लिइएको छभने १ करोड २६ लाख १० हजार अनुमानित आम्दानी र ८७ लाख ५० हजार खर्च गरी ३८ लाख ६० हजार वचत गर्ने अनुमान आयोजकले गरेको छ । महोत्सवमा सर्वसाधरणलाई ८० र बिद्यार्थीलाई ६० रुपैया टिकटदर कायम गरिएको छभने अपाङ्ग, बृद्धबृद्धा, एकल महिला, पत्रकार र सुरक्षा निकायलाई निशुल्क प्रवेशको ब्यवस्था मिलाइएको छ ।

कमेन्टहरु
Loading...