पोखरा महानगरलाई प्रश्न, छाडा चौपायाले कसरी बन्छ स्मार्ट सिटि ?

पोखरा ११ जेठ/नयाँ शक्ति निकट युवा संगठन राष्ट्रिय युवा अभियानले पोखरा लेखनाथ महानगरपालिकामा माग पत्र पेश गरेको छ । फेवातालको अतिक्रमणको बारेमा सर्वोच्च अदालतले गरेको फैसला कार्यन्वयन लगायतका मुद्दाहरुमा मागपत्र बुझाएको छ ।

महानगरको कार्यलयमा मेयर, उपमेयर र कार्यकारी अधिकृत कोहि पनि नभएपछि राष्ट्रिय युवा अभियानका युवाहरुले कार्यलय सहायकलाई मागपत्र थमाएर निस्केको थिए ।

युवा अभियान युवाहरुले महानगरको गेटमा सडकमा देखिएको छाडा चौपायाहरुको तस्विर सहितको फ्लेस टाँसेर स्मार्ट सिटि बनाउनेप्रति मेयरको धारणप्रति व्याङ्या गरेका थिए । अभियानले बिभिन्न १० बुदामा मागपत्र पेश गरेको छ ।

मागहरु यसप्रकारका छन् –
१)सर्वोच्च अदालतले फेवातालमा देखिएको अतिक्रमण हटाउन आदेश दिदा समेत किन हटाईएको छैन ? शंका लागेको छ । सर्वोच्चको आदेश तत्काल कार्यन्वयन गर्नका लागि र बृहत फेवाताल अभियान चलाउनका लागि हामी जोडदार माग गदर्छौँ ।
२) सार्वजानिक सम्पतीहरुको अतिक्रमण हटाईयोस ।
३) स्मार्ट सिटिमा जुलुस लगाउदै लगाउदै हिडेका छाडा चौपाय व्यबस्थापन गरि सडकमा सवारी साधन मात्र गुड्ने बातावरण तयार गर्न हामी जोडदार माग गर्दछौँ ।
४) युवा स्वरोजगार कार्यक्रम थालनी गरि युवाहरुलाई यहि गरिखाने वाताबरणको सिर्जना गरियोस ।
५) सडकमा ऐना हेर्न मिल्ने गरि पानि जमेको खाल्टोहरु यथाशिघ्र मर्मत गरियोस ।
६) सुन्दर शहरको हाम्रो परिकल्पनालाई कुरुप बनाउने तारहरुलाई अण्डर ग्राउण्ड व्यबस्थापन गरियोस ।
७) महानगरलाई बुझाउनुपर्ने रकमलाई अनलाईन भुक्तानी गर्ने प्रबिधिको बिकास गरियोस ।
८) महानगरलाई ग्रिन क्लिन बनाउनका लागि बिशेष अभियानको थालनी गरियोस ।
९) ट्राफिक व्यबस्थापनका लागि महेन्द्रपुल,पृथ्वीचोल लगायतका व्यस्त ठाँउहरुमा आकाशे पुलहरु निर्माण गरियोस ।
१०) पोखराका प्रत्येक चोकहरुमा सार्वजानिक शौचालयको निर्माण गरि व्यबस्थीत गरियोस ।
पोखरालेखनाथ महानगरलाई स्मार्ट सिटि बनाउने अभियानलाई पुर्ण बनाउनका लागि हामीले हाम्रा मागहरु राखेको छौँ । यी मागहरुको तत्काल सम्बोधनका लागि अनुरोध गर्दछौँ । हाम्रा मागहरुलाई बेवास्ता गरिएमा हामी जुनसुकै प्रकारको आन्दोलन गर्न पनि तयार रहेको कुरा जानकारी गराउछौँ ।

कमेन्टहरु
Loading...