पोखरामा प्रमोद खरेल लाई नेपाल टेलिकमको मूख्य प्रायोजन

पोखरा, २१ चैत /‘पोखरामा प्रमोद खरेल’ कार्यक्रमको टाइटल स्पोन्सरमा नेपाल टेलिकम फाइनल भएको छ। सडक बालबालिकाको सहयोगार्थ हुने कार्यक्रमको टाइटल स्पोन्सरका लागि बुधबार आयोजक एभिन्यू ग्रुप अफ कमर्श र नेपाल टेलिकमबीच सहमती भएको हो।

सम्झौतापछि नेपाल टेलिकमका पोखरा वितरण केन्द्र प्रमुख महेन्द्र रिमालले देशकै गहना गायक प्रमोद खरेलको ऐतिहासिक कार्यक्रममा टेलिकम जोडिनु निकै खुशीको कुरा भएको बताए। आयोजक संस्था एभिन्यू ग्रुप अफ कमर्शका कार्यकारी अधिकृत प्रदिप अधिकारीले नेपाल टेलिकमसँग कार्यक्रमका लागि सहमतीपत्रमा हस्ताक्षर गरेका थिए।

त्यस्तै यो कार्यक्रमको सहप्रायोजकको रुपमा ह्वाइट पर्ल रिक्रुटमेन्ट सर्भिसेज प्रालिले सहकार्य गरेको छ। कार्यक्रमको प्रभावकारिता र सामाजिक उद्देश्यले गर्दा नै व्यवसायिक सहकार्य गरेको प्रालिका प्रबन्ध निर्देशक सबिन भट्टले जानकारी दिए। ह्वाइट पर्ल रिक्रुटमेन्ट सर्भिसेज प्रालिसंग कार्यक्रमको ब्यवस्थापक कम्पनी बार्दली मिडियाका प्रबन्ध निर्देशक मन क्षेत्रीले सम्झौता गरेका थिए। सम्झौतापछि क्षेत्रीले साँगीतिक कार्यक्रम पोखरामा प्रमोद खरेलसंग जोडिएकोमा ह्वाइट पर्ललाई धन्यवाद ज्ञापन गरे।

यही चैत २२ गते पोखरा सभागृहमा हुने विशेष साँगीतिक कार्यक्रम ‘पोखरामा प्रमोद खरेल’का लागि यतिबेला आयोजक र व्यवस्थापक कम्पनीले तयारीलाई तिव्र पारिरहेको छ । इभेन्टलाई सफल बनाउन थुप्रै व्यवसायिक संस्थानहरुले पनि यो इभेन्टलाई सघाएका छन् ।

यसअघि यो इभेन्टका लागि प्रोमोटेड बाइ टाइटलमा टार्गेट इन्टरनेशनल एजुकेशन, होटल पार्टनरमा द कल्चर रिसोर्ट, रेस्टुरेन्ट पार्टनरमा बाजेको सेकुवा, प्रायोजकको रुपमा हङकङ ब्यूटी इन्स्टिच्युट प्रालि लगाएत कम्पनीहरुले व्यवसायिक साझेदारी गरिसकेका छन् ।

कमेन्टहरु
Loading...