पोखरामा नाटक मञ्चनको तयारी

पोखरा, ४ भाद्र /पोखरामा नाटक मञ्चनको तयारी भएको छ । भाद्र ८ गते शुक्रबारबाट पोखरा थिएटरको गन्र्र्धव नाटकघरमा मञ्चन हुने द्धन्द्धको समयमा बेपत्ता पारिएका नागरिकको परिवारको समस्या बारेको नाटक मञ्चन हुन लागेको हो । तीन दिने नाटक मञ्चन कार्यक्रममा नेपालका विभिन्न ठाउँका कलाकारको अभिनय हेर्न पाइनेछ । नाटकमा किरण चाम्लिङ राई, चेतन आङथुपो, आकाक्षा कार्की, रेनुका कार्की, पशुपती राई, परिवर्तन, श्रकर रिजाल, सुदाम सिकेको साथमा पोखरा थिएटरका कलाकारको अभिनय रहनेछ । सिजन दाहाल र केदार श्रेष्ठको आलेख, बिमल सुवेदीको सहजिकरण र राजन खतीवडाको संयोजनमा नाटक तयार भएको हो । ध्वनीमा सोनाम लामा र बारात लिम्बुले सघाउनेछन् ।

नेपालका विभिन्न ठाउँका निर्देशक स्वंम आफैले अभिनय गर्ने यो नाटक पोखरा थिएटरसँगको सहकार्यमा पोखरामा मञ्चन गरिदैछ । प्रयोगात्मक नाटक भएकोले पोखरेली दर्शकले यसबाट फरकपनको महशुस गर्नेछन् । मण्डला थिएटर नेपालको आयोजनामा भएको युवा निर्देशक कार्यशालामा सहभागी भएका निर्देशकले यो नाटकलाई उत्कृष्ट बनाउन मेहनत गरेका छन् । कार्यशालामा देशभरबाट १४ जना निर्देशकले सहभागीता जनाएका थिए । बेपत्ताका परिवारसँगको छलफल गरी नाटक तयार पार्न लागिएको हो । पोखरा पश्चात यो नाटकलाई बेपत्ता विरुद्धको अन्तराष्ट्रिय दिवसको अवसरमा मञ्डला थिएटर काठमाण्डौमा मञ्चन गरिने नाट्यकर्मी सोमनाथ खनालले जनाए ।

यसअघि सन् २०१६ मा बेपत्ता पारिएका नागरिकको परिवारको समस्या विषयमा आधासत्य नाटक मञ्चन गरिएको थियो । मण्डला थिएटरले राष्ट्रिय बेपत्ता नागरीक परिवार सञ्जालसँग मिलेर विभिन्न सचेतनामुलक कार्यक्रमहरु गर्दै आएको छ ।

कमेन्टहरु
Loading...