पोखरामा पाँच वटा मल्टिप्लेक्स हल बन्ने

पोखरा, २६ माघ/पोखरामा पाँच वटा मल्टिप्लेक्स हल निर्माण हुने भएको छ । निर्माण संस्थाहरुका अनुसार यी हलहरु अन्तराष्ट्रियस्तरका हुनेछन् । पोखराका मध्यमवर्गिय दर्शकहरुलाई टार्गेट गर्दै ती संस्थाहरुले मल्टिप्लेक्स हल निर्माणमा हात बढाएका हुन् । केहि समयपछि ती हलहरु संचालनमा आउनेछन् ।

निर्माणाधिन पोखरा ट्रेड मलमा तीनवटा मल्टिप्लेक्स हल निर्माणको लागि अहिले डिजाईनको काम भैराखेको छ । त्यस्तै निकट भविष्यमै पोखरामा हल संचालन गर्दै आएका उत्तम द्वाले सभागृहचोकमा अर्को दुईवटा मल्टिप्लेक्स हल निर्माण गर्दैछन् । यी हल थपिएसंगै सिंगल पर्दाका हलसहित पोखरामा एघारवटा फिल्म हल हुनेछन् ।

cinema hall‘डिजाईनको काम धमाधम भैराखेको छ ।’ पोखरा ट्रेड मल निर्माण समितिका मिनराज काफ्लेले भने–‘दुई वटा मल्टिप्लेक्स हलको कुरा टुंगोमा लागिसकेको छ भने अर्को एउटा हलको लागि ईन्जिनियरहरुले डिजाईन गरिराखेका छन् ।’ पोखरा ट्रेड मलमा रहने तीन वटा मल्टिप्लेक्स हलमा दुईवटा हल ६० सिटका हुनेछन् भने एउटा १ सय ८० सिटको हुनेछ । मल्टिप्लेक्ससहित मनोरञ्जनका लागि मलमा गेमिङ जोन, फुड कोर्ट जस्ता पुर्वाधारहरु समेत रहनेछन् ।

पोखरा टेड्र मलमा  तीन मल्टिप्लेक्स हल बन्दै छन्
पोखरा टेड्र मलमा तीन मल्टिप्लेक्स हल बन्दै छन्

पोखरामा चारवटा हल संचालन गर्दै आएका उत्तम द्वाले पनि सभागृह चोकमा व्यापारिक मलभित्रै मल्टिप्लेक्स निर्माण गर्न लागेका हुन् । ‘नगरपालिकामा नक्सा पासको प्रकृया चलिरहेको छ ।’ द्वाले भने–‘नक्सा पास भएलगत्तै व्यापारिक मल निर्माण अगाडि बढाईनेछ ।’ मलभित्रै २ वटा अत्याधुनिक मल्टिप्लेक्स हलहरु रहनेछन् । ‘दुईवटै मल्टिप्लेक्स हल २ सय सिट क्षमताका हुनेछन् ।’ हलसंचालक द्वाले प्रस्ट पारे । मल्टिप्लेक्स समेत रहने मल २ रोपनी क्षेत्रफलमा रहनेछ ।

पोखरामा हाल श्रीकृष्ण, वाराहि ‘क’, वाराहि ‘ख’, विन्दबासिनी, कल्पना र पुर्णिमा हल संचालनमा रहेका छन् । फिल्मले राम्रो व्यापार गर्न छोडेपछि पोखरामा केहि सिनेमा घरहरु बन्द समेत भएका छन् । यद्यपी यहि समयमा पोखरामा थपिन लागेको पाँचवटा मल्टिप्लेक्स हलहरुले पोखराको फिल्म बजारलाई उकास्ने जानकारहरु बताउँछन् ।

कमेन्टहरु
Loading...