पोखरामा इभेण्ट एशोसियसन नेपाल गठन, अध्यक्षमा गुरुङ

पोखरा, २० असार/पोखरामा वर्षेनी विभिन्न इभेण्ट हुदैं आएका छन् । इभेण्ट कम्पनी पनि बग्रेल्ती छन् । छरिएका छन् । एकापसमा एकताबद्ध भईसकेको थिएनन् । तर अब व्यवसायिक प्रतिबद्धतासँगै एकताबद्ध हुने गृहकार्य गरेका छन् । इभेण्ट कम्पनी बीचको भाईचारा विस्तारै गर्दै पोखरामा रहेको विभिन्न इभेण्ट कम्पनीको बैठकले तदर्थ समिति गठन गरेको छ । समितिले नाम भने यकिन गरिसकेको छैन् तर प्रस्ताव भने ‘इभेण्ट एशोसियसन नेपाल’ गरेको छ ।

पोखरामा इभेण्ट एशोसियसन नेपाल गठन, अध्यक्षमा गुरुङ
पोखरामा इभेण्ट एशोसियसन नेपाल गठन, अध्यक्षमा गुरुङ

पहिलो बैठकले शरण गुरुङको अध्यक्षतामा ११ सदस्यीय तदर्थ समिति गठन गरिएको छ । उपाध्यक्षमा शोभा गौतम, द्धितीय उपाध्यक्षमा सुरज थापा, तृतीय उपाध्यक्ष रविन्द्र बज्रचार्य, चौथो उपाध्यक्षमा कमल जि.टी रहेका छन् । कार्यसमितिको सचिवमा विजय क्षत्री, सहसचिव लक्ष्मण छन्त्याल र कोषाध्यक्ष प्रकाश दिप गैरे रहेका छन् । तीन सदस्य पछि थपिने छ । सल्लाहाकार रविन गुरुङ, दिनेशप्रसाद शर्मा र सुमन गुरुङ, मिलन प्रतीक चयन गरिएको छ ।

बैठकले पोखरामा छरिएका रहेका इभेण्ट कम्पनीलाई व्यवसायिक विकासको लागि अगाडि बढ्ने प्रतिबद्धता जनाएको छ । १५ वटा कम्पनीबाट तदर्थ समिति गठन गरिएको छ । पोखरामा एकवर्षको अवधिमा झण्डै एकसय वटा इभेण्ट हुने गरेको तदर्थ समितिका सचिव विजय क्षत्रीले जानकारी दिए ।

कमेन्टहरु
Loading...