Ganthan News Pokhara
All news from Pokhara & around

लेकसाइडमा सामुदायिक बैदामको तीज सांस्कृतिक महोत्सव तयारी

0

फाइल तस्बिर

पोखरा, ५ भदौ / सामुदायिक सेवा केन्द्र एवं सामुदायिक प्रहरी सेवा बैदामको आयोजनामा १४ औं तीज सांस्कृतिक महोत्सव तयारी गरिएको छ ।

सामाजिक विकृति–विसंगति न्यूनीकरण गर्दै नेपाली संस्कृति र परम्परा जगेर्ना गर्ने उद्देश्यले तीज गीज महोत्सवलाई निरन्तरता दिइएको आयोजकले जनाएको छ ।

संस्थाका अध्यक्ष मीना भट्टराईले यही भदौ १५ र १६ गते हुने महोत्सवमा तीज गीत प्रतियोगिता एवं अन्तरसामुदायिक भलिबल प्रतियोगिता हुने जानकारी दिइन् ।

तीज गीत प्रतियोगितामा विजयीलाई नगद सहित पुरस्कृत गरिने छ । प्रथम हुनेले २१ हजार, दोस्रो हुनेले १६ हजार, तेस्रो हुनेले ११ हजार, सान्त्वना २ समूहले जनही ४ हजार ५ सय रुपैयाँ पाउनेछन् । यसैगरी, उत्कृष्ट नृत्य र उत्कृष्ट भेषभूषामा जनही २ हजार रुपैयाँ दिइनेछ ।

नियमित रुपमा हुँदैआएको अन्तरसामुदायिक भलिबल प्रतियोगितामा ८ सामुदायिक केन्द्रको सहभागिता रहनेछ । सामुदायिक लेखनाथ सो प्रतियोगिताको साविक विजेता हो ।

अरु सम्बन्धित खबरहरु