पोखरामा हिमाली संस्कृती अंगालेको पौराणिक गीति नाटक प्रदर्शनी

पोखरा १८ फागुन / पोखराको याम्दीमा रहेको पेमा छाल गुम्बामा ग्याल्पो ल्होसारको अवसर पारी हिमाली क्षेत्रमा हुने गतिविधी समेटिएको पौराणिक गीति नाटक प्रदर्शन गरिएको छ । हिमाल पारिको जिल्ला मुस्ताङको उपल्लो क्षेत्र लोमान्थाङ बासीद्धारा स्थापना गरिएको पेमा छाल गुम्बामा नेपाल तिव्वेत ल्हामो समाजका कलाकारहरुले पौराणिक कथा बोकेको गीति नाटक प्रदर्शन गरेका हुन ।

विशेष गरी हिमाली क्षेत्रमा हुने विविध गतिविधीलाई समेटेर गौतम बुद्धको ज्ञानको सन्देश दिने र कोही कसैले लोभ लालचमा पर्न नहुने सन्देश प्रदान गर्ने सार बोकेको गीति नाटकले समाज परिवर्तन संगै हिमाली क्षेत्रको रहन सहनलाई समेत प्रवद्र्धन गरी नया पुस्तालाई आफुहरुको पुरानो संस्कृतीको बारेमा जानकारी दिने उद्देश्यले उक्त नाटक प्रदर्शन गरिएको गण्डकी प्रदेश सभा सदस्य इन्द्रधारा विष्टले जानकारी दिए ।

दुई दशक पहिले उपल्लो मुस्ताङको लो सात क्षेत्र लोमन्थाङमा पौराणिक गीति नाटकहरु मन्चन गरिने गरेको भएतापनि पछिल्लो समय युवाहरु पलायन हुन थालेपछि नाटक मन्चन हराउदै गइरहेको र फेरिपनि त्यसलाई पुनर्जागरण गर्नका लागी पनि यस्ता नाटकले महत्वपूर्ण भुमिका राख्ने समेत विष्टले वताए ।

पौराणिक नाटक बनाउने नेपाल तिब्बेतियन ल्हामो समाजका ग्याल्पो लामाले हिमाली क्षेत्रको पहिचानलाई उजागर गराइ विशेष गरी सकारात्मक सन्देश प्रदान गर्ने गरी आफुहरुले पौराणिक गितीनाटन प्रदर्शन गर्दै आइरहेको वताउछन । हिमाली क्षेत्रमा बसोवास गर्ने समुदायका युवा युवतीहरुलाई समेटेर आफुहरुले विशेष कक्षा दिएर गीति नाटकहरु मन्चन गर्दै आइरहेको र पछिल्लो समय युवा युवतीहरु यसमा निकै लालायित भएर लागेको उनको भनाइ रहेको थियो ।

नाटकमा अभिनय गर्ने अभिनेत्री थिन्ले ल्हामोले गीति नाटकको माध्यामबाट समाजमा सकारात्मक सन्देस प्रदान गर्न पाउदा निकै खुसी लागेको वताउदै आफुहरुले धेरै दिनको मेहनतबाट गीति नाटकहरु तयार पार्ने भएकाले पनि अभिनय समेत राम्रो हुने वताइन । आफुले फिल्ममा समेत अभिनय गरेको अनुभव रहेकाले आफ्नो संस्कृतीको संरक्षण र प्रवद्र्धनका लागी युवापुस्ताहरुले चासो दिनुपर्नेमा उनको जोड रहेको थियो ।

उपल्लो मुस्ताङबासीहरुको गुम्बा पेमा छाल गुम्बामा विभिन्न चाडपर्वको वेला उपल्लो मुस्ताङको संस्कृती समेट्ने गरी विभिन्न कार्यक्रमहरु सञ्चालन हुने गरेका छन ।

कमेन्टहरु
Loading...