पोखरामा गुन्जियो प्रणव ब्यान्ड

पोखरा, २६ असार /शास्त्रीय तथा नेपाली लोकधुनहरुलाई वायलीन,बाँसुरी र तबलाका माध्यमबाट प्रस्तुति दिदै आएको प्रणव ब्यान्डले पोखरामा भब्य प्रस्तुति शनिबार दिएको छ । सङगीत समाज नेपाल तथा केदारेश्वरमहादेव मणि सेवाश्रम समितिको आयोजनमा प्रत्येक महिनाको अन्तिम शनिबार सन्चालन हुँदै आईरहेको केदारेश्वर संगीत समारोहको नवौं शृङ्खलामा गायिका दिलमाया गुरुङको भक्ती संगीतको प्रस्तुती पश्चात् प्रणव ब्यान्डले राग यमन तथा भजनका धुनहरु प्रस्तुत गर्यो ।

पोखरामा गुन्जियो प्रणव ब्यान्ड
पोखरामा गुन्जियो प्रणव ब्यान्ड

वायोलिनमा यतिराज अधिकारी, बासुरीमा खेमराज उप्रेती ९निश्चल०र तबलामा मधुसूदन गैरापिप्ली रहेको ब्यान्डका सबै सदस्यहरु सङगीत बिषयमा औपचारिक अध्ययन सकेर साङगीतिक क्षेत्रको प्रबर्द्धनमा जुटेका छन् । यस्ता कार्यक्रमहरु पोखरामा निरन्तर गरी पोखरामा शास्त्रीय संगीतको विकास गर्ने उदेश्य रहेकोे कार्यक्रमका सम्योजक तथा सङ्गीत समाज नेपालका अध्यक्ष तथा गुरुकुल सङ्गीत प्रशिक्षण केन्द्रका निर्देशक एवम गुरु तिर्थराज पोख्रेलले जानकारी दिए ।

पोखरामा संगीत सिकिरहेका विद्यार्थी देखी संगीत अनुरागीको उपस्थित रहेको उक्त कार्यक्रमको सन्चालन संगीत समाज नेपालका महासचिव प्रेम थापा मगरले गरेका थिए भने केदारेश्वर सेवाश्रम बैदामका गुरु डा लेखनाथ आचार्यले शुभकामना व्यक्त गरेका थिए ।

कमेन्टहरु
Loading...