पोखरा फिल्म सोसाइटीको अध्यक्षमा जितेश प्रधान

पोखरा, २५ कात्तिक /पोखरा फिल्म सोसाइटीमा नयाँ नेतृत्व चयन भएको छ । शनिबार कास्कीको पर्यटकीय स्थल धम्पुसमा सम्पन्न साधरण सभाले जितेश प्रधानको अध्यक्षतामा १३ सदस्यीय कार्य समितिको चयन गरेको हो ।

आगामी २ बर्षे कार्यकालको लागि गठन बरिष्ठ उपाध्यक्षमा राजेन्द्र अधिकारी, उपाध्यक्षमा सागर शाह, सचिवमा सरोज सापकोटा, सहसचिवमा नेत्र गुरुङ, कोषाध्यक्षमा दीपक बास्तोला र सदस्यहरुमा प्रेम बहादुर गुरुङ, प्रकाश गुरुङ ’काश’, सन्तोष गुरुङ ’कोन्मे’, सुरोज गुरुङ, डिल बहादुर गुरुङ,पुष्कर थापा मगर र कृष्ण कुमार श्रेष्ठ रहेका छन् ।

नयाँ कार्यसमिति गठन पछि अध्यक्ष जितेश प्रधानले आफ्नो सम्पुर्ण समय संस्थाको हितको लागि र चलचित्र बिकासको निम्ति खर्च गरिने कुरा बताए । प्रधान दुई दशक देखि चलचित्र र संगीत क्षेत्रमा आवद्ध छन् । उनले नेपाल सरकारले पोखरालाई फिल्म नगरी घोषणा गर्ने तयारी भैइरहेका यो अवस्थामा सम्पुर्णलाई संस्था तथा चलचित्र बिकासमा लाग्नु पर्ने कुरामा जोड दिए ।

यस लगत्तै बसेको कार्यसमितिको पहिलो बैठकले ३ महिना भित्र फिल्म सम्बन्धि कार्यशाला राखिने निर्णय गरेको कुरा समितीका सचीव नेत्र गुरुङले बताए । पोखरालाई कर्म थलो मान्दै चलचित्र क्षेत्रमा काम गर्दै आएका कलाकार, प्राबिधिक र निर्देशकको हकहितको तथा चलचित्रको बिकासको लागि वि. स. २०६८ सालमा पोखरा फिल्म सोसाइटीको स्थापना भएको हो । सोसाइटीले विभिन्न कार्याशाला, अन्तर्रा्ष्ट्रिय स्थरका फिल्म फेस्टिभल गरिसकेका छन् ।

कमेन्टहरु
Loading...