फिल्म ‘रोज’को देश दौडाहा पोखरामा

श्याम राना

पोखरा, १४ भदौ /भदौ २२ मा रिलिज हुने फिल्म ‘रोज’ले प्रचरा प्रसारका लागि देश दौडाहा सुरु गरेको छ । फिल्म

युनिटले बिहीबार पोखरामा पत्रकार सम्मेलन गरेर फिल्मको जानकारी दिएको हो ।

फिल्मका नायक प्रदिप खड्काले ‘रोज’ फिल्ममा काम गर्न पाउँदा आफूलाई एकदमै भाग्यमानी ठानेको बताए ।

‘एउटा कलाकारले सबै क्यारेक्टरमा काम गर्न सक्नुपर्छ,’ उनले भने, ‘कमैले मात्र यस्तो अवसर पाउँछन् ।’ आफ्नो

फिल्मबाट नेगेटिभ इम्प्याक्ट नपरोस् भनेर कन्सस् रहेको उनको भनाई थियो ।

एउटा सिधा साधा मान्छेले किन मान्छे मार्छ भनेर फिल्ममा देखाउँन खोजेको उनले सुृनाए । फिल्मको

स्क््िरmप्टले आफूलाई छोएको उनले दाबी गरे । ‘फिल्मले सुरु देखि अन्त्यसम्म बाँधिराख्छ,’ उनले भने ।

नायिका मिरुना मगरले फिल्ममा ‘वकिल’को भुमिका निर्वाह गरेको सुनाइन् । ‘रोज युनिटसँग काम गर्न पाउँदा

एकदमै खुसि छु,’ उनले भनीन्, ‘फिल्मको गीत, टेलरलाई माया गरिदिनु भएको छ । अझै धेरै माया दिनुहुन्छ भन्ने

आशा छ ।’  नायक खड्कासँग काम गर्दा एकदम सजिलो भएको उनले सुनाइन् । ‘उहाँलाई त्यसै मन पराउनु

भएको हैन रै छ,’ उनले भनिन्, ‘एकदम सर्पोटिभ हुनुहुन्छ ।’

फिल्मकी अर्कि, नायिका प्रमिता अर्याल राणाले फिल्मको स्क््िरmप्ट आफ्नो वास्तविकतासँग मेल खाएको उनले

बताइन् । ‘फिल्मले वास्तविकतासँग मेल खान्छ,’ उनले भनीन् ।

गापी कृष्ण मुभिज र आरोहि इन्टरटेन्टमेन्टको संयुक्त ब्यानरमा बनेको फिल्म रोजमा निरक पौडेलको निर्देशन

रहेको छ । भने, उद्धब पौडेलले निमार्ण गरेका हुन् ।

रोजी मर्हजनको रियल लाइफमा रहेर फिल्म बनेको भन्दै विवाद परेपछि फिल्मको नाम ‘रोजी’बाट ‘रोज’ बनेको

निमार्ण युनिटले प्रस्ट्याएको छ । पोखरापछि पूर्वमा धरान, धनकुटा विराटनगरमा प्रमोसनका लागि पुग्ने निर्माण

युनिटले जनाएको छ ।

फूल हैन’ बोलको गीत युट्युबमा अत्याधिक मन पराइएको छ । गायक ‘प्रताप दास’ले सो गीत गाएर सुनाएका थिए

कमेन्टहरु
Loading...