शनिबार प्याराडिसो स्पोर्टस वार एन्ड ग्रिल बारमा विशेष कार्यक्रम

पोखरा, २९ चैत/पोखरामा सधै माहोल जमि रहेको हुन्छ । नयाँ वर्षको छेको पारेर फेरि माहोल जम्दै छ । फेवा किनार कोमागाने पार्कमा फेवा महोत्सव आजैदेखि सुरु भयो ।

होटल तथा रेष्टुरेन्टहरुले पनि आफ्ना पाहुनाको आतिथ्यतामा विभिन्न कार्यक्रम राखेका छन् । यस्तै, प्याराडिसो स्पोर्टस वार एन्ड ग्रिल बारले लाइभ ब्यान्डका साथ आफ्ना पाहुनाहरुलाई मनोरञ्जन दिदै छ ।

रक ब्यान्ड मिस्टेरियर्स र नयाँ सुरु हुन लागेको द वेभले लाइभ म्युजिकका साथ प्रस्तुति राख्ने बारका म्यानेजर हरि पौडेलले बताए । ‘यो नयाँ वर्षलाई स्पेशल बनाउँनm शुभकामना आदन, प्रदान साथै खाना र म्युजिकसँगै झुम्न सबैलाई निम्तो छ,’ उनले भने, ‘हामीसँगै रमाईलो गर्न रक ब्यान्डहरु पनि हुनुहन्छ । आउनुस् हामीसँगै रमाईलो गरौं ।’

राती अबेरसम्मै पार्टी चल्ने उनले जानकारी दिए । ब्यान्डसँगै डिजे ननमि ले दर्शक झुमाउँने उनको भनाई छ ।

कमेन्टहरु
Loading...