डि–मर्चाको नयाँ गीतः पानी घट्ट (भिडियो सहित)

पोखरा, २२ असोज /पप गीतमा छुट्टै पहिचान बनाएर दर्शकमाझ लोकप्रिय रहेको डि–मर्चा व्याण्ड (D-Marcha Band )‘पानी घट्ट’ गीत लिएर

श्रोता तथा दर्शकमाझ आएको छ । देउडालाई पपमा ढालेर ‘झ्याम्म झ्याम्म’ गीतबाट चर्चित भएको डि–मर्चाले लोपोन्मुख टिपिकल शब्द ‘पानी घट्ट,

घर्र घर्र’लगायतका स्थानिय शब्दहरुलाई उनेर गीत तयार पारेको हो ।

नवराज बरालको शब्द, डिमर्चाको आफ्नै संगीतमा तयार पारिएको यो गीतमा सुदूरपश्चिम र पश्चिम नेपालको लोक भाकाको समीश्रण छ ।

यो गीतको म्यूजिक भिडियो पनि सार्वजनिक गरिएको छ । निर्देशक निकेश खड्काले निर्देशन गरेको यो म्यूजिक भिडियोमा काउली बुढीको

रुपमा परिचित सन्ध्या बुढा र निराजन प्रधानलगायतले अभिनय गरेका छन् । भिडियो यु–टुबमा अपलोड गरिसकिएको डिमर्चा ब्याण्डका

भोकलिष्ट भाष्करध्वज श्रेष्ठले जानकारी दिए । गीत र भिडियोमार्फत नेपाली लोपोन्मुख लोक भाका संरक्षण हुने उनले विश्वास व्यक्त गरे ।

डि–मर्चा ब्याण्डमा भोकलिष्ट श्रेष्ठसँगै बेस गितारमा बिरेन पुन, गितारमा सञ्जय नेपाल र ड्रमरमा प्रज्वल सुनार छन् ।

नयाँ गीतहरु संग्रह गरेर नयाँ एल्वम् निकाल्ने तयारीमा जुटेको डि–मर्चा व्याण्डले ‘खैलाबैला भो’, ‘हुन्देरे’, ‘१,२,३ भन्दिने हो’, ‘झ्याम्म झ्याम्म’

र कोहि छ किन्ने ? एल्वम् निकालिसकेको छ ।

कमेन्टहरु
Loading...