‘पलाँस’ प्रचार गर्दै युनिट पोखरामा

पोखरा, २२ चैत/यो शुक्रबारबाट देशभरका झन्डै ७० वटा हलमा नेपाली फिल्म ‘पलाँस’ प्रदर्शनमा आएको छ । फिल्मको बारेमा प्रतिक्रिया लिने कलाकार टोली विभिन्न ठाउँमा पुगी सञ्चारकर्मी र दर्शकसँग माझ पुगेका छन् । मंगलबार फिल्मका निर्माता कृषा चौलागाई, नायक अयुव केसी र नायक तथा संगीतकार प्रदीप बाँस्तोला पोखरा आए ।

निर्माता चौलागाईले फिल्म सामान्य प्रेमकथामा आधारित भएको जनाइन् । उनले चेलिबेटी बेचविखनको कथा फिल्ममा उठान गरिएकोले दर्शकको प्रतिक्रिया राम्रो पाएको बताइन् । फिल्म हेरिसकेपछि दर्शकले मिश्रित प्रतिक्रिया दिएको उनले सुनाइन् । ‘कसैले पहिलो हाफमा राम्रो लाग्यो कसैलाई दोस्रो हाफ’ उनले सुनाइन, ‘ फिल्मले दर्शकलाई राम्रो होल्ड गर्न सक्छ । फिल्मले उठाएको विषयवस्तुबाट तारिफ समेत पाएको उनले बताइन् ।

‘फिल्ममा हुनुपर्ने सबै कुराहरु प्रस्तुत गरेका छौं । मसलेदार फिल्म हो,’ उनले भनिन् ,‘अहिलेसम्म फिल्मको व्यापार सन्तोषजनक छ ।’ फिल्म राम्रो बनाउने कोसिस गरेको उनले सुनाइन् । नायक अयुव केसीले उक्त फिल्ममा कथा लेखेका हुन् । उनले सत्य घटनालाई एउटा कथा बनाएर फिल्ममा समावेश गरेको बताए । उनले इनोसेन्ट नायकको भूमिका निभाएको सुनाए । ‘फिल्म दुख गरेर बनाएका छौं । यो फिल्मले मेरो करियरको लागि पनि ठूलो महत्व राख्दछ, ’ उनले भने । संगीतकार प्रदीप बाँस्तोलाले संगीतमा नयाँ टेस्ट दिन खोजेको बताए ।

सुवास कोइरालाको निर्देशनमा बनेको फिल्मलाई गोविन्द शाहीले वितरण गरेका छन् । फिल्ममा रेखा थापा, कामेश्वर चौरासिया, अयुव केसी, कमल देवकोटा, प्रकाश घिमिरे लगायत लिड अभिनय छ ।

कमेन्टहरु
Loading...