ओजन बारमा आज सांगीतिक कार्यक्रम

पोखरा, ७ असोज/पपुलर इभेन्टले नेपाली केकोसिङ बुदोकाई कराँते एसोसियसनको सहयोगार्थ सांगीतिक कार्यक्रम गर्ने भएको छ । इभेन्टले शुक्रबार लेकसाइड पोखराको ओजन लाउन्स बारमा कार्यक्रम गर्न लागेको हो ।

कार्यक्रम साँझ ६ बजे देखि १० बजेसम्म चल्ने जनाइएको छ । सो कार्यक्रममा जेन्टल मेन व्यान्ड र ¥यापसोडी व्यान्ड मिलेर सांगीतिक प्रस्तुति राख्नेछन् ।

कार्यक्रम हेर्नको लागि १५ सयको टिकट काट्नुपर्ने जनाइएको छ । सांगीतिक कार्यक्रमबाट बचेको रकम कराँते एसोसियसनलाई सहयोग गर्ने इभेन्टले लक्ष्य राखेको छ ।

कमेन्टहरु
Loading...