ओथेलो असारसम्म रंगमञ्चमा

पोखरा, २२ माघ/पोखरेली रंगमञ्चमा सक्रियता बढ्दै गएको छ । हालै गठन भएको ओथेलो थियटर ग्रुपले आमागी असारसम्ममा नाटक मञ्चन गर्ने गरी तयारी थालेको छ ।

संस्थाको अध्यक्षमा आशीष अधिकारी, उपाध्यक्षमा शितला अधिकारी, सचिव सबु पाठक, सहसचिव विष्णु गौतम र कोषाध्यक्ष सुमन कार्की छन् । यस्तै सदस्यमा निलम तामाङ, देवेन्द्र पुन, पार्वती थापा र लक्ष्मी न्यौपाने छन् ।

ओथेलेको बैठकले सल्लाहकार समिति पनि गठन गरेको छ । संस्थाका सल्लाहकारमा कृष्ण उदासी, माओत्से गुरुङ, हेमन्त हितैषी र नगेनसिंह ठकुरी छन् ।

नाटक मञ्चन, कार्यशाला, लघु चलचित्र निर्माण, प्रशिक्षण जस्ता गतिविधिमार्फत् नेपाली रंगञ्चको उत्थान लाग्ने संस्थाका अध्यक्ष आशीष अधिकारी बताउँछन् ।

कमेन्टहरु
Loading...