निरमाया दोहोरी बाह्र वर्ष प्रवेशको अवसरमा १२ प्रतिशत छुट

पोखरा, ११ असार । पोखराको चिप्लेढुङगामा रहेको निरमाया दोहोरी सांझले आफ्नो १२ औ वार्षिकोत्सवको अवसर पारी दोहोरीमा आउने ग्राहकलाई १२ प्रतिशत छुट दिने भएको छ ।

पोखरामा ख्याति कमाएको निरमाया दोहोरीले आफ्नो १२ औ वार्षिकोत्सवको अवसर पारी आगामी असार १२ देखि १५ गते सम्म दोहोरीमा आउने ग्राहकलाई १२ प्रतिशत छुट प्रदान गरिने दोहोरीका संचालक किसम घलेले वताए ।

घलेका अनुसार १२ औ वर्ष प्रवेशको अवसरमा प्रत्येक दिन ख्याति प्राप्त कलाकारहरु प्रजापति पराजुली, शर्मिला गुरुङ, पुरुषोत्तम न्यौपाने, प्रीति आले र कुमार पुन संगै नियमित कलाकारहरु टेक क्षेत्री, निश्चल दवाडी, सरण गुरुङ, सुरज थापा, दिवश थापा, इन्द्रा गुरुङ, सरिता थापा, रमा राना, निता गुरुङ, तारा गदाल, जौ माया हिताङ, कल्पना आले मगर, सुशिल गायक, सञ्जय गायक, राकेश गुरुङ र रन्जन गायकको प्रस्तुती रहने छभने युना गुरुङको आकर्षक नृत्य रहने छ ।

कमेन्टहरु
Loading...