निरमाया दोहोरीले १४ वार्षिकोत्सवको अवसरमा सुमधुर सांझ गर्ने 

पोखरा, १३ असार​/पोखराको पुरानो र चर्चित दोहोरी सांझ निरमाया दोहोरी सांझले आफ्नो १४ औ वार्षिकोत्सवको अवसर पारी निरमाया वार्षिकोत्सव सुमधुर सांझको आयोजना गर्ने भएको छ ।

चिप्लेढुंगामा रहेको निरमाया दोहोरी सांझले आफ्नो स्थापनाको १३ औ वर्ष सफलता पुर्वक पार गरी १४ औ वर्ष प्रवेशको अवसर पारी आगामी असार १५ देखी १८ गते सम्म ख्याति प्राप्त राष्ट्रिय कलाकारहरुको साथमा निरमाया वार्षिकोत्सव सुमधुर सांझको आयोजना गर्न लागेको दोहोरीका संचालक जीवन गुरुङले जानकारी दिए ।

गुरुङका अनुसार वार्षिकोत्सव सुमधुर सांझमा ख्यातिप्राप्त कलाकारहरु शर्मिला गुरुङ, देवी घर्ती मगर, गिता पाइजा पुन र हरिमाया रायमाझीको साथमा चर्चित कलाकार अंशु गुरुङद्धारा लोक नृत्य प्रस्तुती रहने छ ।

सांझ ७ बजेदेखी १२ बजे सम्म सञ्चालन हुने उक्त कार्यक्रममा दोहोरीका नियमित कलाकारहरु टेक क्षेत्री, इन्द्रा गुरुङ, टस गुरुङ, निशा गुरुङ, सरिता थापा, विनोद गुरुङ, तारा गदाल, गुप्त गुरुङ, जौमाया हिताङ, रञ्जन गायक, रेनु थापा, मनोज बास्तोला, कल्पना आले, प्रशान्त तामाङ, सञ्जय गायक, वत्ती थापा र किसन नेपालीको समेत विशेष प्रूूस्त्ुती रहने छ ।

कमेन्टहरु
Loading...