“भमरा” लिएर आइन् गायिका निर्मला थापामगर

पोखरा, १ पुस/लोक तथा दोहोरी गायिका निर्मला थापामगरले नयाँ सांगीतिक कोसेली लोक पप लिएर आएकी छिन् । प्रतिभाशाली गायिका निर्मलाले “फूलैमा बस्ने भमरा, आँखैमा बस्ने तिमी हौ” बोलको गीत लिएर आएकी हुन् ।

सो गीतको म्यूजिक भिडियो उनले आफ्नो युट्युब च्यानलमार्फत् सार्वजनिक गरेकी छिन् । राजकुमार बगरको शब्द र संगीतमा रहेको “भमरा” नामक म्यूजिक भिडियोमा चर्चित मोडल आरुषी मगर, भुवन थापामगर, हेरुका लामा, दिलीप पन्त र देवराज सापकोटाले अभिनय गरेका छन् ।

दीपेन्द्र तिमिल्सिनाले निर्देशन गरेको म्यूजिक भिडियो मण्डली फिल्मस्ले निर्माण गरेको हो । संगीत संयोजन कमल सौरागले गरेका हुन् भने म्यूजिक भिडियोको छायांकन तथा कलरिङ पवन सिंखडाले गरेका हुन् । गायिका निर्मलाले यसअघि, पनि थुप्रै लोक तथा दोहोरी गीतहरू आफ्नै स्वरमा बजारमा ल्याइसकेकी छिन् ।

कमेन्टहरु
Loading...