निलिमा थापा मगरलाई नेपाल आइडल बनाउन पोखरामा अभियान, को हुन निलिमा ?

पोखरा, १९ कात्तिक/ एपीवान टेलिभिजनको गायन रियालिटी शो नेपाल आइडलको दोस्रो संस्करण चलिरहेको छ । गतवर्ष जस्तै यसपाली पनि पोखराका दुई प्रतिस्पर्धी बिक्रम बराल र निलिमा थापा मगर उत्कृष्ट ८ मा पर्न सफल भएका छन् ।

निर्णायक र भोटिङको निर्णयको आधारमा नेपाल आइडल बनाइनेछ । जसमा पोखराका दुई प्रतिस्पर्धीहरु अब्बल छन् । नेपाल आइडलको उत्कृष्ट ८ मा पुगेका यि दुई प्रतिस्पर्धीहरुको सहयोगका निम्ती छुट्टाछुटै समिति गठन गरिएको छ ।

बिक्रम बराललाई सहयोग गर्न दुई समिति गठन भएका छन् । त्रिबेणी संगीतालय न्युरोड पोखराका प्रबन्ध निर्देशक नवराज बरालको संयोजकत्वमा एक समिति र सुनचाँदी व्यावसायी संघ कास्की र स्वर्णकारी कल्याण समितिको संयुक्त बैठकमा एक सहयोग समिति । यसैगरि निलिमा थापा मगरलाई पनि जिताउन पोखरामा जोजिजू म्युजिक स्कुलका प्रबन्ध निर्देशक विनित जोजिजूको संयोजकत्वमा सहयोग समिति गठन गरिएको छ ।

सोमबार पोखरामा पत्रकार सम्मेलन गरि सहयोग समितिको घोषणा गरियो । दोस्रो संस्करणको नेपाल आइडल निलिमा थापा मगर बनाऊ अभियान सहयोग समितिमा सहदेव जोजिजू (विनित) संयोजक रहेका छन् । यस्तै सहसंयोजकमा रुद्र श्रीसमगर, महासचिवमा पे्रम थापामगर, सचिवमा सुरज थापामगर, कोषाध्यक्षमा मौसम थापामगर, सह—कोषाध्यक्षमा सानु जोजिजू, सदस्यहरुमा शिव थापामगर, बलदिप पुनमगर, तारा थापामगर, इसारा थापामगर, भाइराज रानामगर, बेनु गुरुङ, रेनुका गुरुङ, उषा गुरुङ, विराज राउत, राजन नेपाली, इशानी दाठकुरी, महेन्द्र कुँवर, लक्ष्य रानामगर , रुपा थापा, सतिस केसी, राजु गुरुङ, हरिशचन्द्र बास्तोला रहेका छन् ।

समितिको सल्लाहकारहरुमा भने पदमराज ढकाल, सुनिल थापा, मनकुमार श्रेष्ठ, करण तामाङ, पूर्णबहादुर रानामगर, सन्तोष पिठाकोटेमगर, दीपेन्द्र श्रेष्ठ, तिर्थराज पोखरेल, सुष्मा पौडेल, खिमा गुरुङ, रामभक्त जोजिजू, श्रीमान थुलुङ, विश्वराज बास्तोला, श्यामसुङ्ग तामाङ, शेरबहादुर गुरुङ, बुद्धराज बज्राचार्य, ताराबहादुर गुरुङ लगायत रहेका छन् । समितिले निलिमालाई जिताउन आवश्यक प्रचारप्रसार गरि भोटिङका लागि अपिल गर्ने छ ।

को हुन् निलिमा ?

२०५४ साल असार २९ गते भारतको सिलोङमा जन्मिएकी निलिमाको स्थायी घर भने बागलुङ जिल्लाको भकुण्डेमा हो । उनी हाल पोखरा महानगरपालिका वडा नं ११ फुलबारीमा परिवारसँगै बस्दै आएकी छिन् । परिवारमा आमा र दुई भाई छन् । जानकारी पाएअनुसार भारतमा कामको शिलशिलामा गएका उनका बुबा लापत्ता छन् । उनको कुनै खबर नआएको पारिवारिक स्रोतले बतायो ।

निलिमाले भारतको सिलोङमा कक्षा ३ सम्मको अध्ययन गरिन भने पोखरा आएर पोखरा एकेडेमीबाट प्रवेशिका परिक्षा उतीर्ण गरेकी हुन् । कालिका उच्च माविबाट कक्षा १२ उतीर्ण गरेकी निलिमाले पोखरा रानीपौवास्थित जोजिजू म्युजिक स्कुलबाट सांगीतिक प्रशिक्षण लिएकी हुन् । निलिमा यसअघि पश्मिाञ्चल गायन तारा—२०७४ मा बिजेता भईसकेकी छिन् ।

पोखराको विग एफएमले आयोजना गरेको बिग आइकनको सातौं संस्करणमा उत्कृष्ट ५ सम्म पर्न सफल भएकी निलिमाले नेपाल आइडल दोस्रो संस्करणको अडिसन पोखरा बाटै दिएकी हुन् । उनि जारी आइडलको एकमात्र गोल्डेन माइक बिजेता महिला प्रतिस्पर्धी हुन् ।

निलिमालाई कसरी भोटिङ गर्ने ?

निलिमालाई भोट गर्नका लागि आफ्नो मोबाईलको म्यासेज बक्समा गई उनको भोटिङ कोड ०७ टाइप गरी ३१००९ पठाउन सकिन्छ । भोट विहिबार राती ८ः३० बजे देखि शुक्रबार मध्यान्ह १२ बजेसम्म मात्र गर्न सकिने छ । अनलाइन भोटिङका लागि रेष्पेक्ट र राइज एप्स डाउनलोड गरी पनि भोट गर्न सकिने व्यवस्था छ ।

पहिलो महिला नेपाल आइडल बनाउन र नेपाल आइडलको दोस्रो संस्करणको उपाधि फेरि पोखरा ल्याउन समितिले प्रेस विज्ञप्ति मार्फत सबैलाई भोटिङ गर्न आग्रह गरिएको छ ।

कमेन्टहरु
Loading...