हस्पिटालिटी नेपालका प्रतिस्पर्धीले घान्द्रुकबाट सिके ‘अतिथि सत्कार’को मौलिक तरिका

पोखरा, २२ फागुन/‘हस्पिटालिटी नेपाल कन्टेस्ट’को तेस्रो सिजनका प्रतिस्पर्धीहरुले पर्यटकीय घान्द्रुक गाऊँ घुमेका छन् । उनीहरुले त्यहाँ ग्रामिण पर्यटकीय क्षेत्रमा ‘कसरी अतिथिको सत्कार गरिन्छ ?’ भन्ने कुरा नजिकबाट सिके ।

गुरुङ समुदायको बाहुल्यता रहेको घान्द्रुक अथिति सत्कारकै कारण पर्यटकको रोजाईमा पर्ने गरेको उनीहरुले त्यहाँबाट फर्केपछि बताएका छन् । ‘हस्पिटालिटी क्षेत्रसँग सम्बन्धित व्यक्तिहरुले पाहुनाको सत्कार गर्ने तरिका यहाँबाट प्रशस्त सिक्न सक्छन् । त्यसैले पनि हामीले हाम्रा प्रतिस्पर्धीहरुलाई घान्द्रुक भिजिट गराएका हौँ ।’ हस्पिटालिटी नेपाल कन्टेस्टको आयोजक संस्था एपी इन्टरटेनमेन्टका प्रबन्ध निर्देशक अर्जुन पाण्डेले भने ।

प्रतिस्पर्धीहरुले घान्द्रुक पुगिसकेपछि जस्तो अवस्थामा पनि ‘हस्पिटालिटी’ आवश्यक भएको महशुस गरेको आयोजक कम्पनीले जनाएको छ । ‘यो उनीहरुको लागि निकै महत्वपूर्ण भिजिट रह्यो । प्रतिस्पर्धीहरुले घान्द्रुकको स्थानिय समूदायसँग निकै रमाईलो पनि गरेका थिए ।’ एपी इन्टरटेनमेन्टले भनेको छ ।

तेस्रो सिजनको हस्पिटालिटी नेपाल कन्टेस्टको तेस्रो सिजन अन्तरगत १८ जना प्रतिस्पर्धीहरु ग्राण्ड फिनालेका लागि भिड्दैछन् । यतिबेला आयोजकले प्रतिस्पर्धीहरुलाई बन्द प्रशिक्षणमा राखेर हस्पिटालिटी क्षेत्रसँगै सम्बन्धित विभिन्न प्रशिक्षण र तालिमहरु दिईरहेको छ । त्यो बाहेक नेतृत्व र व्यक्तित्व विकासमा सहयोग गर्ने प्रशिक्षणमा पनि प्रतिस्पर्धीहरु सहभागी भैरहेका छन् ।

यसैबीच आयोजक एपी इन्टरटेनमेन्टले बुधबार प्रतिस्पर्धीहरुलाई ‘टेबुल म्यानर’को विषयमा प्रशिक्षण दिएको छ । इन्टरनेशनल होटल ट्रेनिङ सेन्टर न्यूरोडले उनीहरुलाई ‘टेबल म्यानर’को विषयमा प्रशिक्षण दिएको हो । ट्रेनिङ सेन्टरको तर्फबाट विकास गुरुङले प्रतिस्पर्धीहरुलाई सहजीकरण गरेका थिए ।

यस्तै बुधबार नै प्रतिस्पर्धीहरु ‘बार टेन्डर’ कक्षामा पनि सहभागी भए । उनीहरुले फ्लेमिङ, जग्लिङ आर्ट सिक्नुका साथै कक्टेल र मक्टेल बनाउन सिकेका थिए । इलुजन बार टेन्डर एकेडेमीले उनीहरुलाई यो कक्षामा सहभागी गराएको एपी इन्टरटेनमेन्टका उज्जवल बस्नेतले जानकारी दिए ।

कमेन्टहरु
Loading...