शनिबार पोखरा रंगशालामा हुने नेपथ्यको तयारी पूरा

पोखरा, २३ चैत/नेपालकै चर्चीत ब्याण्ड नेपथ्यको यही चैत्र २६ गते शनिबार पोखरा रंगशालामा हुने लाईभ प्रस्तुतीःको तयारी पूरा भएको छ । पर्यटकिय नगरी पोखरामा फेरी उठ्ने छ नेपाल नामक इभेण्टको दोश्रो संस्करणको अन्तिम तयारी पुरा भएको कार्यक्रम संयोजक विकेस कायस्थले बताए ।

सामुदायिक बिद्यालयको सहयोगार्थ हुने उक्त कार्यक्रम शनिबार वेलुका २ घण्टा पोखरा रंगशालामा संचालन हुने भएको कायस्थले बताए । उनका अनुसार कार्यक्रममा सहभागिहरुको लागि दिउसो ४ः४५ बजे देखि गेट खुल्ला हुने भएको छ भने ७ः३० बजे गेटहरु वन्द हुने भएको छ । ६ः४५ बजे सुरु हुने उक्त कार्यक्रम दुई घण्टा अर्थात ८ः४५ बजे सम्म संचालन हुने भएको हो । प्रबेस टिकट बिद्यार्थीहरुको लागि ७ सय ५० रहेको छ भने अन्य सहभागि दर्शकहरुको लागि एक हजार रहेको संयोजक कायस्थले बताए ।

यस अघि टिकट काउन्टरबाट प्रति व्यक्ति १ हजार ५ सय प्रति व्यक्ति टिकट शुल्क लिने भने पनि दर्शकहरुको माग अनुसार एक हजारमा टिकट उपलब्ध गराउने भएको कायस्थले बताए । उनले भने “ हामीले सामाजिक कार्यको लागि यो सांगीतीक कार्यक्रम आयोजना गर्न लागेका हौं, पटक पटक नेपथ्य व्याण्डलाई हामीले प्रस्तुती राख्न सक्दैनौं, दर्शकहरुको चहाना अनुसार प्रबेस टिकट एक हजार कायम गरेका छौं । ”
नेपथ्यको लाईभ प्रस्तुतीः पोखरेलीहरुको ईच्छा र चहाना अनुसार आयोजना हुने भएको पोखरा भिमकालिपाटन सिमपानी निवासि किरण गुरुङले बताए ।

गुरुङ र सोनाम गुरुङको आयोजनामा कास्की ल्वाङघलेलको गौरी शंकर मनिलाल मावि र कास्कीकै सल्यान वासखर्कमा रहेको भुमेश्वर आधारभुत बिद्यालयमा समेत आर्थिक सहयोग प्रदान गरिने उद्धेश्यले हुन लागेको हो । दुई वटा बिद्यालयलाई उक्त कार्यक्रमबाट बचत भएको करिब १५ देखी २० लाख रुपैया आर्थिक सहयोग गर्ने भएको आयोजक गुरुङले बताए । व्याण्डवागन वाई पोजेटिब भाइव कम्पनिको व्यबस्थापनमा उक्त ईभेण्ट पोखरामा हुन लागेको हो ।

सन २०१६ मा काठमाण्डौंमा १० हजार भन्दा बढी दर्शकहरु सहभागिता गराउदै फेरी उठ्ने छ नेपाल नामक इभेण्टको पहिलो संस्करण सफलता पुर्वक सम्पन्न भएको थियो । धेरै बर्ष पछि काठमाण्डौंमा ईभेण्ट मार्फत नेपथ्यले आफ्नो लाईभ प्रस्तुतीः गरेको थियो । इभेण्ट मार्फत नेपथ्य ब्याण्ड तीन बर्ष पछि पोखरेली आँगनमा घन्किने भएको हो । नेपथ्य ब्याण्डका भोकलिष्ट चर्चीत पप गायक अमृत गुरुङ रहेका छन । उनको पोखरा २२ पुम्दी भुम्दी कालाभाङमा घर भएकोले उनको प्रस्तुतीःमा पोखरा आसपास सहित छिमेकी जिल्लाबाट समेत तिन बर्ष सहभागि भएका दर्शकहरु यस बर्ष अझ बढी उत्साहित हुने आफुहरुले अपेक्षा गरेको किरण गुरुङले विश्वाश व्यक्त गरेका छन ।

रेशम…,छेक्यो छेक्यो देउराली डाँडा, भेडाको उन जस्तो, जोगले हुन्छ भेट.. लगायतका गितहरु गाउदै आएको नेपथ्यको गित प्रायः युवा पिढिहरुको लोकपृय ब्याण्डको रुपमा स्थापित भएकोछ । नेपथ्यले देशका मुख्य शहरहरु हुदै विभिन्न देशमा समेत प्रस्तुतीः राखेको छ । यस पटक नेपथ्यले केही नयाँ गितहरु समेत प्रस्तुती राख्ने भएको छ । सामुदायिक बिद्यालयको सहयोगको लागि आयोजना हुने उक्त कार्यक्रमलार्इ सफल पार्न सहसंयोजक प्रवेस कायस्थले आव्हान गरेका छन ।

कमेन्टहरु
Loading...