कान्छी मोडल रानीको तीज गीतको भिडियो सार्वजनिक (भिडियो सहित)

पोखरा, १ भदौ/‘सानी सानी नानी म त…’ बोलको गीतमा पहिलो पटक अभिनय गरेर ‘कान्छी मोडल’को पहिचान बनाएकी रानी थापा मगर अभिनित नयाँ तिज गीतको भिडियो सार्वजनिक भएको छ ।

इनिसा दुराको स्वर, नवराज बरालको सङ्गीत र राखी थापा मगरको शब्दमा रहेको ‘यसपालिको तिजमा नाच्ने हो छमछमी…’ बोलको गीतमा रानीको मुख्य अभिनय रहेको छ ।

भिडियोमा रचनाकार तथा रानीकी आमा राखीको समेत अभिनय देख्न पाइन्छ । पोखरा कला केन्द्रको प्रस्तुतिमा बनेको भिडियो पोखराकै केदारेश्वर मन्दिरलगायतका क्षेत्रमा छायाङ्कन गरिएको हो । भिडियोको निर्देशन राहुल थापा मगरले र छायाङ्कन सुरज श्रेष्ठले गरेका छन् ।

रानीको अभिनय रहेको पहिलो गीत सानी सानी नानी म त…मा अनुराग अधिकारीको शब्द, मेलिना राईको स्वर र नवराज बरालको सङ्गीत रहेको थियो ।

सो गीत १७ लाखभन्दा बढीले हेरिसकेका छन् । यस पटक पनि रानीले परिपक्व अभिनय गरेकी निर्देशक राहुल थापाले बताए । गीतले नेपाली संस्कृतिको रक्षा सघाउ पु¥याउने विश्वाससमेत थापाको छ ।

कमेन्टहरु
Loading...