पोखरामा सुब्रतको ‘सुश्री सम्पत्ति’ छायाँकन सुरु

पोखरा १५ फागुन /रंगपत्रकार सुब्रत आचार्यले आफ्नो दोस्रो फिल्म सुश्री सम्पत्तिको छायाँकन सुरुवात गरेका छन् । मगंलबार पोखराको विन्ध्यवासिनी मन्दिरमा फिल्मको शुभमुर्हत गर्दै छायाँकन सुरु गरेका छन् ।

कमेडी सहित प्रेम कथा रहने फिल्ममा सलोन बस्नेत, सारा सिर्पाली, विनोद न्यौपाने, प्रमोद अग्रहरि, राजाराम पौडेल, जयानन्द लामा लगायतका कलाकारहरुको मुख्य अभिनय रहने छ । नायिका प्रियंका कार्कि बिशेष भुमिकामा देखिदै छिन् ।

फिल्मको सम्पूर्ण छायाँकन पोखरामा सम्पन्न गरिने निर्देशक आचार्यले बताए । फिल्ममा समावेश एउटा गितको छायाँकन भने काठमाण्डौंमा गरिने छ ।

फिल्ममा सुरेश अधिकारीको संगीत , अर्जुन तिवारीको सिनम्याटोग्राफिकविराजगहतराजको कोरियोग्राफि रहने छ । निर्देशकआचार्यले नै फिल्मको कथा लेखेकाहुन् । रमेश त्वयना बिज्ञान राई , नुनम सुब्बा र रोमन शीलाकर फिल्मका निर्माताहुन् । आचार्यले यसअघि अधकट्टि निर्देशन गरिसकेका छन् ।

कमेन्टहरु
Loading...