चलचित्र ‘पटुकी’को ट्रेलर सार्वजनिक (भिडियो सहित)

पोखरा, ७ पुस/आगामी पुस २१ गतेबाट सार्वजनिक प्रदर्शनमा आउने चलचित्र ‘पटुकी’ को ट्रेलर सार्वजनिक गरिएको छ । राम नेपालको निर्देशनमा बनेको चलचित्रमा कलाकारहरु रजनी केसी, रोजी श्रेष्ठ, जेम्स विसी, दिपक कंडेल, पिताम्बर आचार्य, हरि थापा लगायत अन्यको मुख्य अभिनय रहेको छ ।

पोखरा, चितवन, काठमाण्डौ लगायतका स्थानहरुमा छायाँङन गरिएको यस चलचित्र नारि प्रधान रहेको चलचित्र हो । म्याक्टेन कालुको निर्माणमा बनेको यस चलचित्रका सह–निर्मातामा बिर्जन मिजार र कार्यकारी निर्मातामा शिता मिजार रहेका छन् । राजनराज सिवाकोटीको संगीत, माक्तेन कालुको शब्द, अभिषेक पौडेलको सम्पादन, सानु कुमार महर्जनको द्वन्द, शिव वि.क. को कोरियोग्राफी र लक्ष्मण घिमिरेको छायांकन रहेको छ ।

त्यसैगरि रोजी श्रेष्ठकै मुख्य भूमिंका रहेको ‘तिम्रो याद आउँदा अलेच’ नामक आधुनिक गितको म्युजिक भिडियो पनि शुक्रबारनै बिमोचन भएको छ । म्युजिक नेपालद्वारा सार्वजनिक गरिएको सो गितमा स्वर अन्जु पन्तको तथा शब्द डा. विपि भुषालको रहेको छ । शन्देस शाहले म्युजिक भिडियोको निर्देशन गरेका हुन् ।

 

कमेन्टहरु
Loading...