पोखरामा कालो पोथि कलाकार दर्शकबाट घेरिए (युवती देखि बुढि आमा सम्म फोटो फिचर)

शुसन घिमिरे , पोखरा /सपना अक्सर सबैले देख्छन् तर पूरा कमैको मात्रा हुन्छ । उसो त सपना देखेर मात्रै हैन पुरा गर्ने अठोट राखे अबश्य पुरा हुन्छ । कर्णालिको बिकट जिल्ला मुगुमा जन्मेका शुक्रराज रोकाया र खड्गराज नेपालीले आफ्ना सपना पुरा गरेका छन् ।

फिल्मको पर्दामा देखिने सपना बोकेका उनिहरु सानै उमेरमा नेपाली फिल्ममा उदाएका छन् । जब उदाए तब चर्चा यसरी चुलियो कि कर्णलिमा जन्मेका यि दुई सिंगापुर सम्म पुगे । उनिहरु सिंगापुर पुगेर आए भन्दा आफैलाई आश्र्चय लागेको अनुभव साट्छन् । मिन बहादुर भाम निर्देशित फिल्म कालो पोथिको चर्चा फिल्म बृत्तमा मात्रै हैन यति बेला देश अनि बिदेशमा चुलिएको छ । सोहि फिल्मका मुख्य पात्र हुन् यि दुई शुक्रराज रोकाया र खड्गराज नेपाली ।

बिकट मुगु जिल्लामा द्धन्द्धकालीन परिबेशलाई देखाईएको फिल्म यति बेला नेपालभर प्रर्दशनरत छ । फिल्म हेर्ने आम दर्शकहरुले अर्गानिक फिल्म हेर्न पाएको भन्दै यि दुई पात्रको अभिनय लाई रुचाएका छन् ।  बुधबार कालो पोथि प्रोमोशनका लागि निर्देशक मिन बहादुर भाम संग जब पोखरा सिनेप्लेक्समा यि दुई पुगे तब दर्शकहरु बाट घेरिए । पर्दामा अभिनयबाट प्रभावित पोख्रेलि दर्शकले आफ्नै आँखा अगाडि देखेपछि फोटो खिच्न तछाडमछाड गर्न थाले ।

दर्शकहरुकै अगाडि फिल्ममा समाबेश डाईलग अभिनय गरेरै सुनाउँदा यि दुई सिठ्ठी र तालिको सम्मान पाए । निर्देशक मिन भामले फिल्ममा राम्रा पक्ष नभई नराम्रा पक्ष सुनाई दिनका लागि दर्शक संग आग्रह गरे । “ तपाईहरु संग के राम्रो लाग्यो त्यो म सोध्दिन के नराम्रो लाग्यो कमेन्ट गरिदिनुस् , जसलाई मैले भोलिका दिनमा सुधार गर्न सकुं ” स्( निर्देशक भामले भने ।
सानै उमेरमा उत्कृष्ठ अभिनय प्रस्तुत गरेका शुक्रराज र खड्गराज पोखरा आउन पाउंदा निकै खुशि लागेको अनुभव साटे ।

“मैले पोखरा सुन्दर छ भन्ने किताबमा पढेको थिए आज आउने मेसो मिल्यो सांच्चिकै सुन्दर रहेछ ,किल्न एण्ड ब्युटिफुल ” स्शु क्रराजले खुशि हुदै भने ।  बिदेशका बिभिन्न फिल्म फेस्टिवलमा सहभागिता जनाउँदै अवार्ड जित्न सफल यो फिल्मले उत्साहजन कलेक्सन गरिरहेको छ । फिल्ममा शुक्रराज र खड्राज संगै बिपिन कार्कि , बेनिशा हमाल लगाएतको अभिनय रहेको छ । kalo pothi (1) kalo pothi (2) kalo pothi (3) kalo pothi (4) kalo pothi (5)

कमेन्टहरु
Loading...